चितवनको सौराहामा नेकपा(एमाले) महाधिवेशनको बन्दसत्र सुरु

चितवन,मंसिर ११-
नेकपा(एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहा स्थित होटल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन । विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनकी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । पार्टी महासचिव इश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको छ । बन्दसत्रमा विदेशी पाहुनाहरुले बोल्ने क्रम सुरु भएको छ ।
महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।
एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा शुक्रबार पार्टीका अध्यक्ष ओलीबाट भएको थियो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम