जाममा परेको बस अगाडी वढाउँदा सहचालकको किचिएर मृत्यु

नवलपुर, मंसीर ११ । गएराती बसले किच्दा सोही बसका सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुर खण्डमा घटना भएको हो । मध्यविन्दु स्थित ४० किलो जंगलमा ना ६ ख ७११३ नं. को बसले किच्दा सहचालक ३० बर्षका रमेश रावत क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

प्रहरीका अनुसार चालिसकिलो जंगलखण्डमा सवारी साधनको अत्याधिक चापले सृजना भएको जाममा गाडी रोकिएका थिए । जामका कारण रोकिराखेको बसको अगाडी वाटैमा बसेर क्षेत्री आराम गरेको अवस्थामा जाम खुलेसँगै गाडी चालकले गाडी अगाडी बढाउँदा सहचालक किचिएका हुन् ।