१० घण्टा ढिलो गरी शुरू हुँदै एमालेको बन्दसत्र, ओलीले पदाधिकारीको सूची प्रस्ताव गर्ने
१. कांग्रेस वडा अधिवेशनः सर्लाहीमा गोली चल्यो
मंसिर १२, सर्लाही ।।
नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।
आइतबार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउन्ड हवाई फाएर गरेको श्रोतले जनाएको छ ।
२. जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगियो
नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। कुशे(९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ। २९ जना घाइतेको उद्धार गरिएको थियो ।
बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ। तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन। कुशे(९) जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान् वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो। श्रीमान(श्रीमती दुवैको अवस्था चिन्ताजनक छ।
त्यस्तै, नलगाड(४) कि आस्था वलीको अवस्था पनि गम्भीर छ। उनलाई पनि नेपालगञ्ज लगिएको छ। आठविसकोट(५) का शरद शाही र आठवीसकोट(४) रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो।
उनीहरू सबैको अवस्था गम्भीर छ। त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ। पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
३. अधिवेशनको कुनै प्रक्रियामा नजानु आपत्तिजनक र पार्टी हितको विरुद्धमा काम भयोः भीम रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १०औँ महाधिवेशन प्रक्रियामा नजानु आपत्ति जनक रहेको बताएका छन् ।
नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी पक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ।
४.आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु
पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए ।
घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुडा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
५.डेरा सर्दै हैजाको जीवाणु, कपिलवस्तुका थप तीन पालिका प्रभावित, थप एकको मृत्यु
कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा भ्याक्सिन खुवाउने कार्यक्रम सञ्चालन हुँदै गर्दा तीन पालिकामा हैजाको जीवाणु पुनः सक्रिय भएका छन् ।
बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका(६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव ९खुस्वु० रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्लामा फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।
स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका बिरामीमा हैजाको देखिएको छ । एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको हो । बुद्धभूमिका वडा( ५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।
६.भोजपुरमा ढलान गर्दा गर्दै ढल्यो ५ करोड लागतको पक्की पुल
भोजपुर जिल्लालाई उत्तरदक्षिण जोड्नको लागि कावा खोलामा रु।५ करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको थियोे ।
पुल निर्माणको क्रममा एउटा ठेकेदार कम्पनीले पुलको स्टिलको संरचना बनाएपछि अर्को ठेकेदार कम्पनीले ढलान गर्ने क्रममा सो पुल भाँचिएको भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । उनले सो पुल दुईवटा गाउँपालिकालाई जोड्ने मात्र नभई प्रदेश १ कै महत्वपूर्ण आयोजना भएको बताउँदै त्रुटिपूर्ण काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरे । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
७.एनआरएनको निर्वाचन नरोक्न परराष्ट्र मन्त्रालयका नाममा उच्च अदालतको अन्तरिम आदेश
उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयका नाममा गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले मङ्सिर १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको अदालतका रजिस्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए ।
अक्टोबर २३ देखि २५ सम्म एनआरएनले निर्वाचन गर्न मिति तोकेका बेला परराष्ट्र मन्त्रालयले संघको भित्रको विवाद हल नगरी निर्वाचन नगर्न भन्दै रोक लगाएको थियो । एनआरएनमा प्रतिनिधिबारे विवाद रहेको देखाउँदै चुनाव नगराउनु भन्दै मन्त्रालयले पत्र काटेको थियो । मन्त्रालयले निर्वाचित पदाधिकारीलाई काम गर्न रोक्न गैर कानुनी रहेको भन्दै एनआरएनका तर्फबाट उच्च अदालत पाटनमा रिट निवेदन परेको थियो ।
८.ए डिभिजन लिग : पुलिसले जावलाखेललाई हरायो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोल अन्तरले हराएको छ ।
दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसलाई जिताउन ७० औँ मिनेटमा सुमन लामाले गरे । यो खेलमा जावलाखेलले राम्रो अवसर बनाए पनि गोल भने गर्न सकेन । खेलको अन्त्यतिर दुवै टोलीले केही मौका बनाएका थिए ।
आजको जितसँगै पुलिस चार अङ्कका साथ दोस्रो स्थानमा पुगेको छ । लगातार दोस्रो खेल हारेको जावलाखेल भने अङ्कविहीन अवस्थामा छ । लिगमा ६ अङ्कका साथ मनाङ मर्स्याङ्दकी क्लब शीर्ष स्थानमा छ ।
९. १० घण्टा ढिलो गरी शुरू हुँदै एमालेको बन्दसत्र, ओलीले पदाधिकारीको सूची प्रस्ताव गर्ने
बिहान १० बजे शुरू हुने भनिएको नेकपा एमालेको दशौं अधिवेशनको बन्दसत्र १० घण्टा ढिलो गरी शुरू हुँदैछ । चितवनको सौराहामा आइतवार राति ८ बजेदेखि बन्दसत्र शुरू गर्ने तयारी छ ।
बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् । अन्य पदाधिकारीमा सहमति भएपनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा सहमति जुट्न सकेको छैन ।
शनिवारको बन्दसत्रले सहमतिको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो । नयाँ नेतृत्व चयन गर्दै एमालेको महाधिवेशन आजै समापन गर्ने तयारी छ ।
आज महाधिवेशन सकिएमा भोलि सौराहामा घोषणा सभामार्फत नयाँ नेतृत्वको शपथ गराउने तयारी छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले