एमालेको महाधिवेशन स्थलमा आयो जिवित गैंडा

मंसिर १३, चितवन ।।
नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी रहेको बखत आइतबार साँझ जीवित गैंडा आइपुगेको छ ।
आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको पर्खाइमा महाधिवेशन प्रतिनिधि रहे । साँझपख भने एमालेको महाधिवेशन स्थलमा जिवित गैंडा आइपुग्यो । ओली बसेको होटल पार्क सफरको गेट अगाडि नै गैंडा आएपछि बन्द सत्रका लागि सौराहा पुगेका प्रतिनिधिलाई गैंडाको फोटो र भिडियो खिच्न भ्याइनभ्याई भयो ।
एमालेले महाधिवेशनको लोगोमै गैंडाको मस्कट राखेको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु आएका छन् । प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए । तर सौराहामा यसरी आवास क्षेत्रमै गैंडा निस्किएको भने पहिलो पटक होइन ।
महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टारमा हुँदै छ । आइतबार साँझ महाधिवेशनस्थलमा निस्किएको गैंडाको नाम मेघौली हो । यो गैंडा चितवन राष्ट्रिय निकुञ्जले २०७४ सालमा मेघौलीबाट उद्धार गरेको हो ।
बाढीमा फसेको गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखियो । गैंडाको न्वारन गरेर मेघौली नाम राखिएको हो । मेघौलीलाई तीन वर्षअघि नै प्रकृतिमा छाडिएको हो । मानिससँग घुलमिल भइरहेको मेघौली प्राय सौराहाका सडकमा आइराख्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछाने बताउँछन् ।
‘सौराहामा देखिएको गैंडा पहिला हामीले उद्धार गरेर पुनः जंगलमा छाडिसकेको गैंडा हो’, उनले भने, ‘मेघौली प्राय सौराहामा निस्किरहन्छ । यो मात्रै होइन अरु चार÷पाँच वटा गैंडा पनि त्यसरी निस्किने गर्छन् ।’ ती गैंडा रिसाहा नभएकाले मानिसलाई केहि नगर्ने उनी बताउँछन् ।
यद्यपी उसको नजिक गएर जिस्काउन भने नहुने उनको भनाइ छ । त्यसरी सडकमा निस्किने गैंडालाई नेपाली सेनाले स्कटिङ गर्ने गर्छन् । कोष परिसरमा अहिले पनि दुई वटा गैंडा संरक्षण गरेर राखिएको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै