मंसिर १३, चितवन ।। नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया सोमबार बिहानसम्मका लागि स्थगित गरिएको छ। उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ।
यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आइतबार पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
आयोगले कार्यतालिका संशोधन पनि गरेको छ। आज राति ९ बजेबाट मतदान भई मंगलबार ३ बजेसम्म जारी रहनेछ।
निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आइतबार मनोनयन दर्ता गराउन सकेनन् । अब उनले आज मनोनयन दर्ता गराउनु पर्नेछ।