कांग्रेस सर्लाही अधिवेशन: हिजो गोली चल्यो, आज फेरि झडप हुँदा पाँच जना घाइते
मंसिर १३, सर्लाही ।। सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।
झडपको स्थिति सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाइते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे । घाइते हुनेमा प्रहरी निरीक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन ।
यस्तै झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रूपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो । उनीहरू मध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य छ । उनीहरूलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।
आइतबार स्थगित भएको वडा अधिवेशन मतदान प्रक्रियाबाट गर्ने तयारी भइरहँदा, दुई पक्षबीच फरक फरक ठाउँमा गर्ने प्रस्ताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अम्रेस सिंह पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार अधिवेशन प्रक्रिया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेको थियो ।
घटना लगतै घाइतेहरू जिल्ला बाहिर रौतहट र भारतको विभिन्न अस्पतालहरूमा समेत पुर्याइएको स्थानीयको भनाइ छ । यस कारण प्रारम्भिक विवरणबाट ५ जना खुले पनि, घटनामा अन्य थप घाइते भएको नेता अम्रेस सिंह पक्षको दाबी छ । यता प्रहरीले घाइतेबारे यकिन गर्न नसकेको जनाएको छ । प्रहरी घटनास्थलमा रहेकोले घाइतेको संख्या र अवस्था थाहा भइनसकेको डिएसपी बुढाथोकीले बताए ।
घटना नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रृग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ । तर, प्रहरीले भने पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईसगँ पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन। उक्त स्थानका आइतवार विवाद हुँदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहका निजी सुरक्षागार्डले गोली चलाएका थिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको