१. प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज
काठमाडौं, १७ मंसिर

कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।

कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४र०८र१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८र०८र१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सम्माननीयज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।

२. आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका –६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । पानबारीस्थित लिम्बूचैरीका रामबहादुर खड्काको दुई तले काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

आगलागीको कारण नखुले पनि विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार श्रीमान् श्रीमती घरको भुइँ तलामा रहेका बेला अकस्मात् आगलागी सुरू भएको थियो ।

घरमा भएको सुनचाँदी, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण सामान जलेको प्रहरीले बताएको छ । घर पूर्णरुपमा जल्दा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको धरान प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुईवटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा निभाइएको थियो ।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्र्याक्टर सडक छेउमै पल्टीएको हो । प्रहरीका अनुसार ट्र्याक्टरमा ३० जना बढी सवार रहेका थिए । घाइतेको झलारीस्थीत नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।

३. पछिल्लो २४ घण्टामा २४६ संक्रमित थपिए, मृत्यु संख्या शून्य

पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् ।

४. पार्टी एकीकरण घोषणा कार्यक्रम गर्दै विवेकशील साझा

विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको छ।

विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो। उक्त एकीकरणलाई शनिबार सभामार्फत् घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए।
पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचारभन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ।

विचारभन्दा माथि देश दस्ताबेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण सुरू गरेको हो।

शनिबार आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको उनले बताए।

पार्टीले अध्यक्ष मिश्रको विचारभन्दा माथि देश दस्ताबेज पारित गरेसँगै स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्ने एजेन्डालाई अंगिकार गरेको छ।

साथै, पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत सङ्गठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम लिएर अघि बढेको बताएको छ।

शनिबार गरिने एकीकरण घोषणा सभालाई पार्टीले रूपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेको बताएको छ। एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता पाठकको भनाइ छ।

५. त्रिविले निर्णय नसच्याए आन्दोलन गर्ने अनेराश्ववियु चेतावनी

१० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई स्थायी गर्ने त्रिभवन विश्वविद्यालय सिनेटको निर्णयप्रति एमाले विद्यार्थी संगठन अनेराश्ववियुले आपत्ति जनाएको छ।

विश्वविद्यालय आफैंमा एक प्राज्ञिक थलो भएको भन्दै अनेरास्ववियुले प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा सेवा आयोगमार्फत खुल्ला प्रतिस्पर्धा गराउनुपर्ने माग गरेको छ।
‘देश विदेशमा रहेका दक्ष जनशक्तिलाई विश्वविद्यालय सेवामा भित्र्याउने उपाय भनेको नियमित रूपमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा गराउनुनै हो,’ अनेरास्ववियु अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘विभिन्न समयमा आंशिकरकरारमा नियुक्त प्राध्यापकको ब्यवस्थापन गर्ने नाममा मेरिट र प्रतिस्पर्धाभन्दा बाहिर गएर गरिने कुनै पनि मापदण्ड र विशेष ब्यवस्थाको पक्षमा अनेरास्ववियु नरहेको कुरा जानकारी गराउँछौं।’

यस सम्बन्धमा आफूहरूले मसिंर ९ गते ध्यानाकर्षण पत्रमार्फत असहमति पेश गरेको भन्दै यसलाई लत्याएर त्रिविले मिति २०७८ मसिंर १४ गतेको सिनेट बैठकमा जबरजस्त रूपमा करार प्राध्यापकलाई स्वतः स्थायी गर्ने अवैज्ञानीक प्रस्ताव पेश गरी निर्णय गर्नु अवैज्ञानिक रहेको अनेरास्ववियुले उल्लेख गरेको छ।

६. जबरामाथि महाअभियोग लगाउनेु तयारी

सत्तारूढ नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी र नेकपा ९माओवादी केन्द्र०का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।

अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाअभियोग लगाउन उपयुक्त हुने तर्कसमेत गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने बताए ।

वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको दाबीसमेत गरे । उहाँका विरुद्धमा महाअभियोग लाग्न सक्छ, लाग्नुपर्छ । र यो अरू कुराबाट भन्दा पनि उहाँ महाअभियोगबाटै जानु बेस । राजीनामा किन माग्ने रु संविधानतः पनि उहाँलाई महाअभियोग लगाएर बिदा गर्नुपर्छ । र अदालतमा कोही पनि कानुनभन्दा माथि छैन भन्ने सिद्ध हामीले गर्नुपर्छ । संवैधानिक बाटोबाटै यो समस्याको समाधान गर्ने योजनालाई जारी राखौँ । त्यो कुरामा हामी सबै लाग्नु पर्छ, उनले भने ।

बिडारीले पनि प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन मंसिर २८ गते संघीय संसद् बैठक आह्वान गरिएको बताए । उनले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन हुने जानकारीसमेत दिए । दलहरूले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको सांसद बिडारीले बताए ।

उनले प्रधानन्यायाधीश जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानबिन गर्ने प्रतिबद्धतासमेत जनाए ।

संसदमा ११ जनाको छानबिन समिति बन्छ । त्यसका निम्ति दलहरूले काम गरिरहेका छन् । दलहरूले आफ्नो काम गरिरहेका छन् । अबको एक हप्ता पछाडिबाट यो काम सुरु हुन्छ । र यस्ता प्रधानन्यायाधीशलाई भविष्यमा राज्यको सबै सेवा प्राप्त नहुने गरी कालो लिस्टमा पर्नेगरी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउनेगरी प्रतिनिधिसभामा होमवर्क भइराखेको छ । काम हुन्छ, उनले भने ।

सांसद बिडारीले संसद्ले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि बताए ।

७. सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश स्तरका संरचनाको अधिवेशन गरिरहेको छ ।

विहीबार शुरू अधिवेशन अन्तर्गत शुक्रवार उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम हुँदैछ । सातवटै प्रदेशमा संस्थापन पक्ष र संस्थापनइतर समूहको प्रतिस्पर्धा हुँदैछ ।

कतिपय स्थानमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिका छुट्टाछुट्टै उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । शुक्रवार थापा र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

कृष्ण सिटौला पक्षधर थापालाई संस्थापन पक्षको समर्थन छ । थापा यसअघि कांग्रेस झापाको जिल्ला सभापति थिए ।

कांग्रेस केन्द्रीय सदस्य रहेका घिमिरे नेपाल विद्यार्थी संघको सभापति बनेका लोकप्रिय युवा नेता हुन् । उनी संस्थापन इतर समूहबाट चुनावी मैदानमा छन् ।

केन्द्रीय पदाधिकारीमा समेत उनको नाम चर्चामा रहेपनि कांग्रेसको गढ मानिने प्रदेश १ मा आफ्नो साख फर्काउन घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाइएको हो ।

प्रदेश २ मा रामसरोज यादव र कृष्णप्रसाद यादवले सभापतिका लागि प्रतिस्पर्धामा गर्ने बताएका छन् ।

नेपाली कांग्रेस धनुषाका सभापति समेत रहेका रामसरोज प्रदेश सरकारमा मन्त्री छन् । रामसरोजलाई कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको समेत समर्थन रहने दाबी उनका सहयोगीले गरेका छन् । उनी उपसभापति विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् ।

कृष्णप्रसाद यादव कांग्रेस रौतहटको सभापति हुन् । कृष्ण सभापति शेरबहादुर देउवा पक्षको उम्मेदवार बनेका छन् । उम्मेदवारी मनोनयन गर्ने बेलासम्म अरू पनि प्रतिष्पर्धी हुनसक्ने आकलन गरिएको छ ।

बागमती प्रदेशमा सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया र संस्थापन इतरबाट जगदीश्वर नंरसिह केसी उम्मेदवार छन् ।

बानियाँ कांग्रेस मकवानपुरको सभापति हुन् भने केसी दुई कार्यकाल नेपाली कांग्रेस नुवाकोटको सभापति बनेका थिए ।

कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । कतिपय स्थानमा संस्थापन पक्ष र सिटौला समूहबीच तालमेल भइरहेको छ ।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र संस्थापनइतर समूहबाट शुक्रराज शर्मा सभापतिको दाबेदार छन् । पूर्वमन्त्री जोशी लामोसमय नेपाली कांग्रेस पर्वतको जिल्ला सभापति थिए । शर्मा कांग्रेसका पुराना नेता मानिन्छन् ।

संस्थापनइतर समूहबाट देवराज चालिसे र महेन्द्रध्वाज जिसीले समेत दाबी गरेपनि शुक्रराज शर्माको नाममा सहमति जुटेको हो । सहमति जुट्न नसकेपछि रामचन्द्र पौडेललगायत संस्थापनइतर समूहका नेताले पोखरामा छलफल गरेर सहमति गराएका थिए ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार साह र संस्थापनइतर समूहबाट अमरसिंह पुन सभापतिका आकांक्षी छन् । साह प्रतिनिधि सभाको लेखा समितिका सभापति समेत हुन् । लुम्बिनी प्रदेशमा यसपटक संस्थापन इतर समूहले बहुमत जिल्लामा सभापति जितेका छन् ।

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललित शाही र संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही सभापतिका उम्मेदवार बनेका छन् । लामो समय विद्यार्थी राजनीति गरेका भूपेन्द्रजंग नेविसंघको उपाध्यक्ष बनेका थिए ।

कालीकोटका मोतिराज बलमे पनि उम्मेदवारी दर्ता गराएका छन् । मोतीराज विमलेन्द्र निधिनिकट मानिन्छन् ।

प्रदेश २ मा निधिका समर्थक राजसरोजलाई संस्थापन पक्षले समर्थन गरेमा बमको उम्मेदवारी फिर्ता हुने सम्भावना रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा भने संस्थापन पक्षबाट वीरबहादुर बलायर सभापतिको उम्मेदवार बनेका छन् ।

संस्थापन इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । मिश्र नेपाली कांग्रेस जिल्ला समिति कैलालीको सभापति थिए ।

सुदूरपश्चिममा अन्तिम समयसम्म सहमतिका लागि प्रयास भएको थियो ।

मंसिर २४ गतेदेखि शुरु हुने महाधिवेशनअघि कांग्रेसले प्रदेशमा अधिवेशन गरेको हो ।

प्रदेश अधिवेशन सकिएपछि कांग्रेसमा संस्थापन इतर समूहले सभापतिको उम्मेदवार घोषणा गर्ने बताएको छ ।

८. विमानस्थलमा सुनको बाला आतंकः अधिकांश यात्रुको हातमा सुन, ४ दिनमा ५८ केजी नियन्त्रणमा

अस्वाभाविकरूपमा एउटै बनोटका सुनका बालाहरू भित्रिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार विभागको कार्यालयले अपरेसन चलायो ।

मंसिर १४ गतेबाट चलाएको अपरेसनमा ४ दिनभित्र ११ सय ७६ जनाबाट ५८ केजी सुन बरामद गरेको भन्सार विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।
‘दुबईबाट काठमाडौं आउने नेपालीले अस्वाभाविक रूपमा सुन ल्याएको देखिएपछि हामीले अपरेसन चलाएका हौं,’ उनले भने ।

भट्टराईका अनुसार अपरेसन चलाएको पहिलो दिन अर्थात् मंसिर १४ गते दुबइबाट आउनेहरूले २१ केजी सुन ल्याएका थिए । दोस्रो दिन १२ केजी र तेस्रो दिन १५ केजी र चौथो दिन १० केजी सुन विभागले नियन्त्रणमा लियो ।

नियन्त्रणमा लिइएकामध्ये ४१ केजी सुन भन्सार तिरेर लगिसकेका छन्, भने अझै १७ केजी लैजान बाँकी रहेको भट्टराईले लोकान्तरलाई बताए ।

५० ग्राम सुनको भन्सार शुल्क र कर गरी जम्मा ४८ हजार ६५ रुपैयाँ हुन आउने भट्टराईले बताए । यसरी हेर्दा प्रतिकेजी सुनको भन्सार ९ लाख ६१ हजार ३ सय रुपैयाँ हुन आउँछ ।

४१ केजी सुनको ३ करोड ९४ लाख १३ हजार ३ सय रुपैयाँ राजस्व उठिसकेको छ भने अझै १७ केजीको १ करोड ६३ लाख ४२ हजार १ सय रुपैयाँ उठ्ने देखिन्छ ।

भन्सार विभागका अनुसार शुक्रबार पनि त्यही प्रकृतिका सुनका बाला भित्रिने क्रम जारी छ । हरेक दिन राति १२ बजे मात्र हिसाबकिताब हुने भएकाले शुक्रबारको यकिन तथ्यांक आउन बाँकी छ ।

अपरेसन चलाउनुअघि यति ठूलो परिमाणको सुन गहनाका रूपमा विना भन्सार विमानस्थलबाट बाहिरिने गरेको थियो ।

विमानस्थलमा बाला आतंक

भन्सार विभागले यसभन्दा अगाडि त्यसरी आउने सुनका बालालाई खासै महत्त्व दिएको थिएन । काँचो सुन ल्याउन नपाइने भएपनि गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन यात्रुलाई छुट छ ।

केही दिनआगाडि गरेको अनुसन्धानमा गहना बनाएर भन्दा पनि काँचो सुनलाई बालाको आकारमा ढालेर ल्याएको पाइएपछि अपरेसन चलाउन थालेको प्रमुख महेश भट्टराईले बताए ।

‘अस्वाभाविकरूपमा सुन आउन थाल्यो त्यसपछि हामीले अनुसन्धान गर्‍यौं दैनिक किलोका किलो सुन आउन थालेपछि अपरेसन चलाएका हौं,’ उनले भने ।

९. सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफलाई हराएको छ । आज शुक्रवार भएको दोस्रो खेलमा सातदोबाटोले एपीएफलाई चार–एक गोल अन्तरले हराएको हो ।

सातदोबाटोको जितमा मार्टीन्स कायोदी अजयी​ले ह्याट्रिक गरे । मार्टिन्सले खेलको ४२ औँ, पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै सुशील राईले खेलको ५० औँ मिनेटमा गोल गरे । यसैबीच मार्टिन्स यो संस्करणको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

एपीएफका लागि खेलको ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गोल गरे ।

यो जितसँगै सातदोबाटो तीन खेलमा सात अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा उक्लिँदा एपीएफ भने अङ्कविहीन हुँदै पुछारमा छ ।