माओवादी केन्द्रकाे स्थायी समिति बैठक आज बस्दै

२३ मंसिर, काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)ले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका लागि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ । आज (बिहीबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने ती नेताले बताए । यस्तै, बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताइएको छ ।
माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ । माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै