गैडाकोटमा बस दुर्घटनाः १५ यात्रु घाईते
नवलपुर, मंसीर २३ । नवलपुरको गैडाकोटमा बस दुर्घटना हुँदा वसमा सवार १५ यात्रु घाईते भएका छन् । दाङबाट काठमाडौं हिडेको ना ७ ख ४०३८ नम्बरको बस आज विहान पूर्वपश्चिम मुख्यमार्ग स्थित जयश्री पुल नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ निवासी ४ बर्षीया बालिका पार्वती उपाध्याय, गैडाकोट २ कै ४८ बर्षीय दयाराम शर्मा, देवचुली १ निवासी ३४ बर्षीय प्रदीप तिवारी, काठमाडौं सीता पाइला ३ बस्ने ४९ बर्षीय प्रकाश घिमिरे, दाङ भालुवाङ ८ निवासी २६ बर्षीय लिला कुमाल घाइते भएका छन् ।
त्यसैगरी दाङ लमही ५ का २५ बर्षीया रचना कार्की, ३५ बर्षीय शिवप्रसाद शर्मा, प्युठान जिल्लाको प्युठान नगरपालिका ७ का ३२ बर्षीय अविनाश पण्डित, दाङ लमही नगरपालिका ५ निवासी ६० बर्षीया देवा अधिकारी, प्युठान भिवग्री ४ निवासी २६ बर्षीय सोलु विक घाइते भएका छन् ।
त्यसैगरी दाङको लमही नगरपालिका ५ निवासी २३ बर्षीया स्नेहा सिंह, भालुवाङ २ निवासी २४ बर्षीय अर्जुन कुमार खड्का, भालुवा १ निवासी ३१ बर्षीय वसन्त खड्का, दाङकै राप्ती नगरपालिका ३ बस्ने ४१ बर्षीया प्रेमकुमारी गिरी र प्युठानको बड्डाँडा गाउँपालिका २ निवासी ३० बर्षीय सोवीलाल सुनार घाइते भएका छन् ।
घाइते मध्ये ६ जनाको अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ ।
बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट पर पल्टिएको थियो । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश