कांग्रेस महाधिवेशनमा ओली–प्रचण्डकाे संवाद

२४ मंसिर, काठमाडौं ।।
नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एउटै मञ्चमा देखिनुभयाे ।
ओली–प्रचण्डबीच गएकाे पुसयता र ओली–नेपालबीच असार २३ यता भेट भएकाे थिएन तर कांग्रेसकाे महाधिवशेनमा लामाे समयपछि यी तीनै नेतालाई एउटै मञ्चमा देखियाे । याे महाधिवेशनले ओली–प्रचण्डबीच संवाद हुने र हाँसाे ठट्टाकाे अवसर पनि जुराइदियाे ।
नेपाल र दाहालले कांग्रेस उद्घाटन सत्रमा शुभकामना दिएपछि ओलीले शुभकामना दिने पालाे थियाे । तर ओलीले बाेल्दै गर्दा एक्कासी माइक बिग्रियाे । माइक बिग्रिएर उहाँ पाेडियमबाट आफू बसिरहेकाे ठाउँमा जाँदा प्रचण्डबीच संवाद र हाँसाे ठट्टाकाे अवसर जुरेकाे हाे ।
त्यस क्रममा कार्यक्रमबाट जानै लाग्नुभएका प्रचण्ड र ओलीबीच नमस्कार आदानप्रदानसम्म भयाे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने पहिले नै मञ्चबाट बिदा भइसक्नुभएकाे थियाे ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै