यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२५ मंसिर, काठमाडौं ।। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
शनिबार
रातिः प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार
दिउँसो : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

साेमबार
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

रातिः देशको  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुनसमेत अनुरोध छ।