आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

२५ मंसिर, काठमाडौं ।। आज अन्तर्राष्ट्रिय पर्वत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।
दिवसको अवसरमा नेपाल पर्वतारोहरण सङ्घले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।
पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।
विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् । यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ ।
विश्वका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै पर्ने भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै