संसद विकास कोषको लगानीमा निर्मित नवदुर्गा मार्गको उद्घाटन ।।

निस्चल गौडेल, मंसिर २५,कावासोती ।। कावासोती नगरपालीका वडा नं २ को नवदुर्गा मार्ग वासे चौतारी देखी वसुन्धरा चोकसम्म ३४० मिटर सडक कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश पुर्वाधार विकास मन्त्रालय संसद विकास कोषअन्र्तगतको २५ लाख लगानी तथा १ लाख जनसहभागिताबाट करिव २६ लाखको लगानीमा सो सडक कालोपत्रे गरिएको हो ।

नवदुर्गा मार्ग योजनाका अध्यक्ष टंक प्रसाद काफ्लेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सांसद रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै विशेष अतिथीहरुमा कावासोती नगरपालीका वडा नं २ का वडाध्यक्ष लक्ष्मि प्रसाद पौडेल, शिव उच्च मावीका वि.व्य.स. अध्यक्ष बाबुराम बिस्वकर्मा, कावासोती खानेपानीका अध्यक्ष भिमलाल कण्डेल, गिरमान थापा, झमानसिङ्ग कानु, राजेन्द« देवकोटा, राजेश सुनाम, सोमन्ती सारु,देउकुमारी गुरुङ्ग,बावुराम ढकाल लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाहाले सर्वसाधारणका लागी अत्यावस्यक विकास निर्माणका पुर्वाधारहरु सडक, नाला, मठमन्दिर, कुलो, कल्भर्ट तथा जेष्ठ नागरिकका लागी चौतारी प्रतिक्षालय लगायतका संरचना निर्माणमा सदैव साथ र सहयोग रहने बताउनुभयो । त्यस्तै वडाध्यक्ष पौडेलले पनि विकास निर्माणका कार्यमा स्थानिय तहको सदैव साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मधु कुमार थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण ठाडाले गर्नुभएको थियो ।