त्रिभुवन वाल माबिको शैक्षिक मेला सुरु,दुइ दिन सम्म चल्ने ।

नवलपुर :  त्रिभुवन वाल माध्यमिक बिद्यालय कावासोती १७ को बृहत शैक्षिक मेला तथा प्रर्दसनी शनिवार वाट सुरु भएको छ ।
विद्यालयको ५३ औ वार्षिक उत्सवको अवसर पारेर विद्यालयले मेलाको आयोजना गरेको हो । सनिवार देखी सुरु भएको मेला सनिबार र आइतवार गरि दुइ दिन सम्म चल्ने वताइएको छ ।
मेलामा विद्याथाीहरु द्धारा आविस्कार गरि निर्माण गरिएका सामाग्रीहरु सहित विभिन्न विषयगत शैक्षिक सामाग्रीहरुको प्रर्दसन गरिने विद्यालयका प्रधानाध्यापक दिपक घिमिरेले जानकारी दिनुभयो ।
शैक्षिक मेलामा सामाजिक नेपाली अंग्रेजी विज्ञान विषयहरुको विषयगत रुपमा छुट्टाछट्टै स्टलमा प्रर्दसनी गर्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो ।
मेलामा पाच ओटा विषयगत स्टल, तिन ओटा मन्टेस्वरीका स्टल, एउटा व्रिटिस काउन्सीलद्धारा कावासोती नगरपालीकामा सन्चालीत आइ एस ए प्रोजेक्टको स्टल र विद्यार्थीद्धारा विद्यालयमै तयार पारेको करेसावारीमा उत्पादीत तरकारीवाट वनेका विभिन्न खानाका परिकारहरुको स्टल समेत गरि जम्मा १० ओटा स्टल रहनेछन ।
विद्यार्थीलाइ उद्यमसिलता तर्फ प्रेरित गर्न विद्यालयले अघि सारेको घर घरमा करेसावारी खाने आफ्नै तरकारी भन्ने अवधारणा अनुरुप विद्यार्थीहरुले विद्यालयमै करेसावारी निर्माण गरि तरकारी उत्पादन गर्दै आइरहेका छन । विद्यालयमा अध्यनरत विद्यार्थीले निर्माण गरेको डा«ेनवाट पुष्प वृष्टि गरि मेलाको उद्घाटन गरिएको प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो ।
अन्य विद्यालयले गर्ने सैक्षिक प्रर्दसनी भन्दा अलि फरक र पृथक शैलिमा शैक्षिक प्रर्दसनी सहितको मेला आयोजना गरिएकाले मेला अवलोकनका लागी जिल्ला भित्र र वाहिरी जिल्लाहरुवाट समेत अवलोकनकर्ता आउने अपेक्षा गरियको विद्यालयका प्रधानाध्यापक घिमिरेले वताउनुभयो ।
मेलालाइ थप आर्कषक वनाउन विद्यार्थीहरुवाट नाटक प्रर्दसन सहित विभिन्न झाँकी तथा नृत्यहरु समेत प्रर्दसन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी थनेतले जानकारी दिनुभयो ।
शैक्षिक मेलामा राष्ट्रिय कलाकार जादुगर वलराम सरकार सहित स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने बताइएको छ ।