ओलीले क्रान्तिकारी धार छाडेर राजावादीसँग साँठगाँठ गर्न पुगे : अध्यक्ष नेपाल, कांग्रेसको चर्चामा थिए तर उमेदवारीसमेत दिएनन्, माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन : प्रचण्ड

१. एमाले बैठक: पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय :
२५ मंसिर, काठमाडौं ।।
नेकपा एमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।
२. शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाँडौँ : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।
“सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उनले भनिन्, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पूँजी यसतर्फ लगाउनुपर्छ ।” साधारणसभामा शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेश हुने र उक्त प्रस्ताव पारित हुने उनले विश्वास व्यक्त गरिन् ।
“एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ, यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उनले भनिन्, “नेपालको बिजुली सस्तो छ, हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ । यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ ।”
एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले विद्युत्को महसुल घटाएको जानकारी दिँदै उनले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गरिन् ।
३. ए डिभिजन लिगमा एनआरटीले सातदोबाटोलाई हरायो
शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सातदोबाटोलाई १–० गोलले हराएको हो।
एनआरटीको लागि स्टेफेन समिरले गोल गरे । जितसँगै एनआरटी पाँच अंकसहित सातौँ स्थानमा उक्लिएको छ । आजको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । सात अंक रहेको सातदोबाटो तेस्रो स्थानमा छ ।
४.कोरोना अपडेटः २३६ जना संक्रमित थपिए, ३०७ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार १७८ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ९८० पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार ७७० जना रहेको छ।
आज ३०७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ६ हजार ५४४ पुगेको छ। निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। अहिले मृत्युदर १।४ प्रतिशत छ।
त्यसैगरी पछिल्लो समय २ लाख ६६ हजार ९८८ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८८३ रहेको छ।
५. एमालेले केही दिनमै पार्टी कार्यालय सार्ने
नेकपा ९एमाले०ले पार्टी अबको केही दिनमै पार्टी कार्यालय सार्ने भएको छ । थापाथलीमा रहेको पार्टीको केन्द्रीय कार्यालय तुल्सीलाल भवनमा पाँच वर्षका लागि सार्न लागिएको प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यसपछि बल्खुमै सर्नेगरी छलफल भएको छ ।
आजको केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय सार्नेबारे छलफल भएको हो ।
६. कांग्रेसको चर्चामा थिए तर उमेदवारीसमेत दिएनन्
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सभापतिका तीव्र आकांक्षी थिए । त्यतिमात्रै होइन उनी टिमको नेतृत्वसमेत गर्थे । बेला बेलामा देउवाले गरेका कामको खुलेर आलोचना गर्न सक्ने हैसियत पनि राख्थे ।
तर उनै पौडेल कांग्रेसको १४औँ महाधिवेशनको दौडबाटै बाहिरिए । उनले आफू कुनै पनि गुटमा नलागी राजनीतिबाट टाढा रहने बताउँदै आएका थिए ।
तर टिमभित्रको दबाबले गर्दा अहिले कुनै पनि पदमा उमेदवारी नदिने पछि निर्णय गर्नेगरी पौडेल थामिएका छन् ।
शनिबार बिहानसम्म पनि अनेक प्रयास गर्दा पनि पौडेल उमेदवारी दिन तयार भएनन् ।
उनले आफ्नो टिमबाट एकजनामात्रै उमेदवार हुने सर्त कायम राखिरहे । त्यसमा केही लचिलो डा। शेखर कोइराला भए पनि प्रकाशमान सिंहको अडान भने कायमै रह्यो ।
७. माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।’
उनले सबै तह, तप्कामा आक्रामक ढंगले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी १ नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए । ७ प्रदेश र २ वटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए ।
अध्यक्ष दाहालले पार्टीमा कमीरकमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे ।
८. ओलीले क्रान्तिकारी धार छाडेर राजावादीसँग साँठगाँठ गर्न पुगे : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीले क्रान्तिकारी धार छाडेर राजावादीसँगको साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् ।
ओली कम्युनिस्ट धारबाट स्खलित भएको उनले बताए ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए ।
उनले नेकपा एमालेलाई ओलीले दक्षिणपन्थी बाटोमा लगेको आरोप लगाए । उनले एमालेले आफ्नो क्रान्तिकारी धार त्यागेकै कारण आफूहरूले अलग बाटो रोज्नुपरेको बताए ।
आफूहरू कार्यकर्तामाझ भिजेको पार्टी बनाउने अभियानमा सामेल भएको उनले बताए । समाजवादी पार्टी चुनावदेखि चुनावसम्मको पार्टी नभएको उनले बताए । ‘चुनावदेखि चुनावसम्म होइन, हामीले जनतादेखि जनतासम्म भनेका छौं,’ अध्यक्ष नेपालले भने, ‘त्यसैले हामीले जनताको मूल्यांकन, निगरानीमा बस्ने पार्टी बनाउँदैछौं ।’
उनले समाजवादी पार्टीलाई असल कार्यकर्ताको पार्टी बनाउने बताए ।
एमाले विभाजनपछि पहिलो पटक शक्ति प्रदर्शनसहित नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला स्तरीय कार्यकर्ता भेला एंव प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले आफूहरूले विचारको पार्टी निर्माण गर्ने बताए ।
९. पुबुदु दसानायके दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त
पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ।
पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी(२० विश्वकप खेलेको थियो ।
गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए ।
तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी(२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । प्रशिक्षक पुबुदको पहिलो काम ग्लोबल छनोट हुनेछ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम