कांग्रेसमा १३४ पदमा ५४८ उम्मेद्वार, प्रथम नामावली प्रकाशित
२६ मंसिर , काठमाडौं ।। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएकाे छ। शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरेको छ ।
जसअनुसार सभापतिमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेद्वारी दर्ता गराएकाे समितिले जानकारी दिएकाे छ ।
दुई उपसभापति पदका लागि सात जनाले उम्मेद्वारी दर्ता गराएका छन्। जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्।
दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पाैडेल र डा प्रकाशशरण महत रहेका छन्।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश