देवचुलीकाे नवल बाेर्डिङ्ग पाैष ४ देखी ३९ औँ बर्षमा प्रवेश ।

देवचुली, एलिना केसी : पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १० मा रहेको न्यू नवल इङ्गलिस बोडिङ्ग स्कुल आगामी पौष ४ गते देखि ३९ औँ बर्षमा प्रवेश गर्दैछ ।
सो अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरि ३९ औँ बार्षिकोत्सव मनाउने भएको छ ।आइतबार विद्यालयले आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा विभिन्न कार्यक्रमका विषयमा विद्यालयका प्रधानाध्यापक सदिप शर्माले जानकारी गराउनुभएको थियो ।

उहाँले ३९ औँ बार्षिकोत्सवको अवसरमा विद्यालयले पौष २ गते निःशुल्क आँखा चेकजाँच र परामर्श, पौष ३ गते रक्तदान र पौष ४ गते विभिन्न साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, अभिाभवक दिवस गरि मनाइने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद मरासीनीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली वडा नं १० का वडाध्यक्ष केशर आलेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै आलेले आफ्नो वडामा रहेको यस नवल इङ्गलिस बोडिङ्गले विद्यालयको भौतिक विकास सँगै विद्यार्थीको शैक्षिक विकासमा अघि बढेको बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक खेमराज भट्टराईले विगतका दिनमा विद्यालयलाई यस स्थानसम्म ल्याउन आँफूहरुले गरेको संर्घषका विषयमा उल्लेख गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, पूर्व शिक्षक एवम् देवचुली नगरपालिका बालमैत्री परामर्शा दाता खिमानन्द भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका को–अर्डिनेटर किरण भट्टराई, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरु, सामाजिक कार्यमा अग्रसर युवाहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका सह–प्रधानाध्यापक याम प्रसाद भुसालले गर्नुभएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *