एमालेले बनायो ९९ सदस्यीय पोलिटब्युरो (सूचीसहित), परेन भीम रावलको नाम, ओलीका प्रस्तावमाथि सुवास नेम्वाङदेखि घनश्याम भुसालसम्मले गरे चर्को आलोचना
१. एमालेले बनायो ९९ सदस्यीय पोलिटब्युरो (सूचीसहित), परेन भीम रावलको नाम
२६ मंसिर, काठमाडौं ।।
नेकपा एमालेले पदाधिकारीसहित ९९ सदस्यीय पोलिटब्युरो बनाएको छ ।
भक्तपुरमा चलिरहेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ९९ सदस्यीय पोलिटब्युरो बनाएको हो ।
यसमा असन्तुष्ट पक्षका भीम रावलको नाम भने छैन ।
पोलिटब्युरो सदस्यहरूको नामावली यसप्रकार छ –
पदाधिकारी–
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
पोलिटब्युरो सदस्य–
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङफे
हिक्मत कार्की
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
पर्शु मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लिला गिरी
जगत विश्वकर्मा
कमलप्रसाद चौलागाईं
बालकृष्ण ढुंगेल
ईश्वरबहादुर रिजाल
जितबहादुर गौतम
विनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
राम दयाल मण्ड
दलबहादुर राना
गोकुल घर्ती
वैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारादमुनि राना
लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वालाकुमारी साह
मोहन बानियाँ
मञ्जुकुमारी चौधरी
अच्युत मैनाली
विशाल भट्टराई
गणेश ठगुन्ना
खिमलाल भट्टराई
दधिराम न्यौपाने
देवेन्द्र दाहाल
रामेश्वर फुँयाल
ठाकुर गैरे
तिलकुमार मेयाङ्बो
जुलीकुमारी महतो
गौरी वली
निरुदेवी पाल
विमला घिमिरे
लीलाकुमारी भण्डारी
शान्त चौधरी
सीता गिरी वली
नन्दलाल चौधरी
कृष्णबहादुर राई
गुलावजंग शाह
लक्ष्मी पोखरेल
सूर्यबहादुर थापा
मनकुमार जैसी
सुशिला नेपाल
पार्वत गुरुङ
२. थ्री स्टारसँग बराबरी खेलेको एपीएफले खाता खोल्यो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबको खेल बराबरीमा सकिएको छ ।
दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।
आजको बराबरीसँगै थ्री स्टार चार खेलमा पाँच अङ्क जोड्न सफल भएको छ । यस्तै एपीएफले खाता खोलेको छ । यसअघिका तीन वटै खेल हारेको एपीएफले आज थ्री स्टारसँग बराबरी खेल्दै एक अङ्क जोडेको हो ।
३. कोरोना अपडेटः २५४ जना संक्रमित थपिए, २३४ जना निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार २२२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेको सङ्ख्या ९५ हजार ७८२ जना रहेको छ।
आज २३४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ६ हजार ७७८ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ।
त्यसैगरी पछिल्लो समय ६९ हजार ५८० जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८९० रहेको छ।
४. दाङमा जीप दुर्घटना: तीन जनाको मृत्यु
दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको भएको हो। मृत्यु हुनेको पहिचान खुलेको छैन।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका(३) सिरखोलामा रा १ ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए।
जीप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको छ। जीपमा १३ जना यात्रु रहेको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।
५. एमालेले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोक्यो
नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको हो ।
बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन हुनुभएको छ ।
यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन हुनुभएको छ ।
यस्तै केन्द्रीय कमिटी बैठकले काठमाण्डौ उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।
६. बजारमा पाइने ६.६८ प्रतिशत खाद्य वस्तु खान अयोग्य
बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तु ६.६८ प्रतिशत अखाद्य भेटिएका छन् । खाद्य, उद्योग तथा बजार निरीक्षण अनुगमन गरी नमुनाहरूको विश्लेषण परीक्षण भएकोमा ३६ वटा (६.६८५) नमुनाको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा जम्मा ८५२ नमुनाहरू संकलन गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।
यो आर्थिक वर्ष ०७८र७९ को प्रथम त्रैमासिक अवधिमा गरिएको अनुगमन हो ।
संकलित नमुनाहरूमध्ये खाद्यान्नरदलहनजन्यका १३१ वटा, तेल तथा घ्यूजन्यका ९४ वटा, फल तथा सागपात जन्य पदार्थका ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा, चिया कफीका २८ वटा, दुध तथा दुग्ध पदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरिका १६ वटा नमुनामध्ये ३६ वटा नमुना नराम्रो पाइएको हो ।
सोमध्ये खाद्यान्नका ८ नमुनाहरू, प्रशोधित पिउने पानीका ७ नमुनाहरू, दुध तथा दुग्ध पदार्थका ४ नमुनाहरू, दाना पदार्थका ४ लगायतका अन्य खाद्य पदार्थका नमुनाहरू नकरात्मक थिए ।
यस्तै, आर्थिक वर्ष ०७८र०७९ को प्रथम त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ । दायर गरिएका मुद्दा मध्ये दुध तथा दुग्ध पदार्थका ९ वटा, मसला पदार्थका ५ वटा, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ५ वटा, प्रशोधित पिउने पानीका ३ वटा, चियाका २ वटा, सोयाससको १ वटा, तेलको १ वटा, र दानाको १ वटा गरी जम्मा २७ वटा खाद्य पदार्थका रहेका थिए ।
ती २७ थान मुद्दाहरूमध्ये ११ वटा मुद्दाहरू दूषितका, ९ वटा मुद्दाहरू न्यून गुणस्तरका, ६ वटा मुद्दाहरू लेबल लगायतका विवरण नमिलेका, तथा १ वटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धी थिए ।
खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको छ ।
७. बुटवलमा ५० करोड लगानीको ड्रिम होटेल सञ्चालनमा
बुटवलमा अन्तर्राष्ट्रियस्तरको सेवासुविधासहित ड्रिम इन्टरनेशनल होटल प्रा.लि. सञ्चालनमा आएको छ ।
बुटवल मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटल सञ्चालनमा आएको हो ।
करीब ५ कठ्ठा आफ्नै स्वामित्वको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो तीन तारेस्तरको होटल हो । आइतवार होटलको शुभारम्भ गरिएको छ ।
सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष गोपाल रानाले होटलको औपचारिक रुपमा शुभारम्भ भएको र सेवा विस्तारको काम पनि जारी राखिएको जानकारी दिए ।
रानाकै नेतृत्वमा पारिवारिक लगानीमै रुपन्देहीकै तिलोत्तमा मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालनमा छ ।
कार्यक्रममा होटलका सञ्चालकहरू गोपाल रानासहित विष्णुबहादुर थापा, गीता थापा राना, सुविन थापा, विधानविक्रम राना र सिद्धान्तविक्रम रानाको उपस्थिति थियो ।
के–के छन् सुविधा ?
हाल ६ तलाको संरचनामा बनेको होटलमा चारवटा स्वीट रुम र बाँकी सुपर डिलक्स रुम छन् । रुमको स्तर र सुविधा थप्ने र विस्तार गर्ने क्रम भने जारी रहेको बताइएको छ ।
दुई वटा सभाहल छन् । थप बैठक कक्ष थप्ने सञ्चालकको तयारी छ । त्यस्तै होटलमा डाइनिङ रेष्टुरेन्ट, बार क्याफे तथा ट्यारेस रेष्टुरेन्ट छन् । कार्यक्रम र परिवारका लागि उपयुक्त हुने अलग–अलग क्याफे तयार भएका छन् ।
होटेलको बाहिरी बनावट र सुविधासम्पन्न रुमहरू बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने खालको बनाइएको सञ्चालकको दाबी छ ।
होटेलमा १०० जना क्षमताको दुई वटा कन्फेरेन्सरमिटिङ हल, ग्राउण्ड फलोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छन् ।
बुटवल उपमहानगरले नमूना बाइपास सडकका रुपमा विस्तार गरिरहेको बुटवलको कालिकापथ सडकको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङस्थलको व्यवस्था छ ।
८. ओलीका प्रस्तावमाथि सुवास नेम्वाङदेखि घनश्याम भुसालसम्मले गरे चर्को आलोचना
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभाजन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् । आइतबारको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तुष्टि जनाउदै सच्याउन भनेका हुन् ।
तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ । ओलीले प्रस्ताव गरेका कमिटी र कार्य विभाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवाद गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गुरुङले पनि यो गलत भयो सच्याउनुपर्छ भनेका थिए ।
नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा असन्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए । नेता घनश्याम भुसालले सवै विषयमा आपत्ति जनाएका थिए । ‘यो घोर अन्यायपूर्ण र अपमानपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वीकार गर्न सकिदैन, स्वीकार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।
यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओलीले पुर्नविचार गर्न चासो देखाएनन् । त्यस्तै नेता झपट रावलले अध्यक्ष ओलीले १० बुँदे पक्षधरमाथि कत्लेआम गरेको प्रतिक्रिया दिए । अर्का नेता निरज आचार्यले जाजरकोटको सह इन्चार्जमा गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।
९. निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिने सरकारको तयारी
निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिने तयारीमा सरकार जुटेको छ । वर्षायाममा उत्पादित सबै बिजुली नेपाल विद्युत प्राधिकरण एक्लैले खपत गराउन नसकेपछि निजी क्षेत्रलाई व्यापार अनुमति दिन तयारी थालिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिएकी छिन् ।
पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत व्यापार लाइसेन्स दिन छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘उत्पादित विद्युत खपत बढाउन निजी क्षेत्रलाई पनि व्यापारमा सामेल गर्ने नीति बन्दैछ । अबको केही समयमै निजी क्षेत्रले विद्युत व्यापार अनुमति पाउनेछन् ।’
नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिन आवश्यक निर्देशिका र कार्यविधि बनाउन मन्त्रालयले आन्तरिक छलफललाई तीव्रता दिएको बताइन् ।
हाल नेपालमा कूल विद्युत उत्पादन क्षमता साढे दुई हजार मेगावाट हाराहारी छ । वर्षायाममा नदीहरूको बहाव बढ्दा सबै जलविद्युत आयोजनाहरूबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ । फलस्वरूपः वर्षायाममा पूर्ण क्षमता अर्थात साढे दुई हजार मेगावाट बिजुली नै उत्पादन हुन्छ । यद्यपि, सुख्खायाममा भने नदीहरूको बहाब घटेसँगै उत्पादन पनि घट्छ ।
वर्षायाममा यो वर्ष नेपालको उच्च माग १५ सय मेगावाट आसपास छ । यो आँकडाले यो वर्ष उत्पादन भएको कूल बिजुली र खपत भएको बिजुलीको हिसाबकिताबमा गडबडी देखिएको छ । कूल उत्पादन क्षमता साढे दुई हजार मेगावाट हुँदाहुँदै नेपालको कुल माग १५ सय हाराहारीमा रहँदा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएको प्राधिकरणले जानकारी दिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले