कांग्रेस महाधिवेशनः के देउवा अत्तालिएकै हुन्?, कसले मार्ला बाजी?
२६ मंसिर, काठमाडौं ।। ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ‚ राष्ट्रिय चुनावसम्मका लागि त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ’, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति पदको उम्मेद्वार रहेका शेरबहादुर देउवाको भनाइ हो यो ।
कांग्रेसको आगामी नेतृत्वका लागि जारी निर्वाचनका क्रममा आइतबार आफ्ना निकट महाधिवेशन प्रतिनिधिहरुसँग आयोजना गरिएको कार्यक्रममा आफ्ना विचार राख्दै सभापतिका उम्मेद्वार देउवाले यस्तो भनाइ राखेका हुन् । सभापतिमा आफूले जिते मात्र सबै पार्टीलाई मिलाएर सरकार बनाउन सक्ने देउवाले दाबीसमेत गरे । ‘मैले जितेको खण्डमा मात्रै सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलको सरकार बनाउन सक्नेछु। त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ‚’ देउवाले भने‚ ‘हार्नेलाई प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ? अघिल्लो पटक के भएको थियो हालत ?’
प्रमुख सत्तारुढ दल कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी छ। कांग्रेसको आगामी नेतृत्वका निम्ती ५ जना नेताहरु सभापति मैदानमा उत्रिएका छन्। आफ्ना ४ प्रतिद्वन्द्वीसँग चुनावी मैदानमा उत्रिएका नेता देउवाको यो भनाइले के देउवा अत्तालिएका हुन् त भन्ने अनुमान धेरैले गरेका छन् ।
त्यसो त कांग्रेसको भावि सभापतिका लागि चार शीर्ष नेताहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ। हालका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन्। सोही अनुरुप अहिले उनी चुनावी मैदानमा महाधिवेशन प्रतिनिधिहरुसँग मत मागिरहेका छन्। देउवालाई नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले चुनौति दिएका हुन् । देउवा र कोइरालाले पूरै प्यानल नै निर्माण गरेर चुनावी मैदानमा उत्रिएका छन्। देउवा संस्थापन समूहबाट सभापतिका उम्मेद्वार हुन् भने संस्थापनइतर समूहबाट कोइराला मैदानमा उत्रिएका छन् । त्यसकारण मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच नै हुने देखिएको छ।
सभापतिका अर्का उम्मेद्वार सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाएर मैदानमा छन् भने नेता निधिले प्यानलबिना नै सभापतिमा उम्मेद्वारी दिएका छन्। निधि देउवा समूहबाट बिद्रोह गरेका हुन् भने सिंहले संस्थापनइतर समूहबाट बिद्रोह गरेर छुट्टै मैदानमा उत्रिएका हुन् ।
देउवाको प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार अघि सरेका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल मैदानमा छन्। यस निर्वाचनमा कांग्रेसका अग्रज नेता कृष्णप्रसाद सिटौलाले पनि देउवालाई साथ दिएका छन्। सिटौलाको समूहबाट नेता प्रदीप पौडेल देउवाको प्यानलबाट चुनाव लड्दैछन्। कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ चुनावी मैदानमा छन् भने महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा उम्मेद्वार छन्।
‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ‚ राष्ट्रिय चुनावसम्मका लागि त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ ।’
सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेद्वार छन्। देउवाले नसमेटेपछि शर्मा देउवालाई छाडेर सिंहको प्यानलबाट उम्मेद्वार बनेका हुन्। शनिबार यी चार नेतासँगै कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिका लागि उम्मेद्वारी दर्ता गरेका थिए । तर न्यौपानेले आइतबार उम्मेद्वारी फिर्ता लिएपछि ५ जनाबीच भिडन्त हुने देखिएको छ ।
कसले मार्ला बाजी ?
सभापतिका लागि ५ जना उम्मेदवार मैदानमा भएपनि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुनेछ। तर दुवै समूहबाट बिद्रोह गरेका नेताहरु पनि चुनावी मैदानमा रहेका कारण त्यसको असर भने दुवैले भोग्नुपर्ने देखिन्छ। त्यसका बाबजुद पनि देउवा र कोइरालाले आफ्नो नै जीत हुने दाबी गरिरहेका छन् ।
पुराना राजनीतिक खेलाडी तथा पाँच/पाँच पटक प्रधानमन्त्री भइसकेका देउवासँग कोइरालालाई गाह्रो पर्ने कतिपयको तर्क छ। सबै नेताहरु एक भएको खण्डमा देउवालाई टक्कर दिन सकिने आंकलन संस्थापनइतर पक्षको थियो। तर उक्त समूहमा सभापतिका आकांक्षी नै धेरै भएर कुरा नमिल्दा अन्ततः देउवाका प्रतिद्वन्द्वी भनिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भावविभोर हुँदै कुनैपनि पदमा उम्मेद्वारी नदिने घोषणा नै गरे भने प्रकाशनमान सिंहले छुट्टै उम्मेद्वारी दिए । यसले संस्थापनइतर पक्ष पनि अहिले एक ढिक्का छैन।
संस्थापन समूहबाट पनि बिमलेन्द्र निधिले एकल उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै निकै सम्भावना बोकेका नेता विश्वप्रकाश शर्माले देउवा समूहबाट महामन्त्री नपाएपछि बिद्रोह गरेर सिंहको टिमबाट महामन्त्रीका उम्मेद्वार बनेका छन्। शर्मा राम्रो फ्यान फलोइङ भएका नेता हुन् । यस्तो अवस्थामा भइरहेको निर्वाचनमा दुवै समूहबाट बिद्रोह भएकाले त्यसबाट स्वतः मत कट्ने अवस्था त छ नै । यति हुँदाहुँदै पनि अन्ततः देउवा र कोइरालाबीच नै भिडन्त हुनेछ।
मतदाताहरु दुवै समूह निकट भएपनि त्यसबाहेकका पनि मतदाताहरु आएका छन् । कांग्रेसको यस महाधिवेशनमा युवा पुस्ता पनि प्रतिनिधि बनेर आएकाले प्यानल बाहेकका मतदाता पनि छन् । ती मतदाताहरुले अवश्य पनि युवा पुस्तालाई मत दिन सक्छन्। कतिपयले कोइरालाको समूहमा विभाजन आएकाले यो निर्वाचनबाट पुनः देउवा नै दोहोरिने आंकलन गरेका छन् भने कतिपयले कांग्रेसका कार्यकर्ताले नयाँ अनुहारलाई नेतृत्वमा देख्न चाहेकाले कोइरालाले पनि जित्न सक्ने बताइरहेका छन्।
देउवाले यो निर्वाचन जित्न बिमलेन्द्र निधि र प्रकाशनमान सिंहको पनि साथ हुनुपर्ने कांग्रेसका एक नेताले बताए । यदि निधि र सिंहको साथ नपाएमा भने कोइरालाले बाजी मार्ने उनको तर्क छ। ‘देउवाले चुनाव जित्न बिमलेन्द्र निधिसँग रहेको २०८ मत पनि आउनुपर्छ’, ती नेता भन्छन्, ‘यदि देउवालाई निधिसँग रहेको मत प्राप्त भयो र सिंहले पनि समर्थन गरे भने सभापतिमा दोहोरिने देखिन्छ। होइन भने शेखर कोइरालाले जित्न सक्छन् ।’
कांग्रेसमा चुनाव जित्न झण्डै ५१ प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने विधानको व्यवस्था छ। गुटमा आएको फूट तथा कार्यकर्ताको नयाँ अनुहारलाई नेतृत्वमा देख्न चाहेको आकांक्षाका कारण देउवाले तोकिएको प्रतिशत नल्याउन पनि सक्छन्। यदि पहिलो चरणमा देउवाले प्रतिशत पुर्याउन सकेनन् भने निर्वाचन दोस्रो चरणमा जान्छ। दोस्रो चरणमा गएमा नयाँ अनुहारलाई अवसर दिउँ भनेर मतदाताहरु जानसक्ने सम्भावना बढी देखिन्छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी