चितवनमा मृत गैंडा फेला, खाग र खुर सहित सबै अंगहरु सुरक्षित

चितवन,मंसिर २७- चितवनको भरतपुर महानगरपालिका १६ मा गैंडा मृत फेला परेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा मृत फेला परेको हो । ‘प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिदैछ’, उहाँले भन्नुभयो, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्ट पछिमात्रै थाहा हुन्छ ।’
गैंडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित छ । मृत गैंडाको शरिरमा कुनै चोट पनि देखिएको छैन । गैंडाको सिंग र खुरहरु डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ । विहान ८ बजे फेला परेको गैंडा भएको क्षेत्रमा डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोली खटिएका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै