सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेशको चाङ
२७ मंसिर, काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयसम्म गरेको संसद अवरोध पश्चात अन्त्य भएको संघीय संसदको अधिवेसन मंगलबारबाट सूचारु हुने भएको छ । संसद अधिवेशनको शुरुको दिन अध्यादेश पेश गर्ने प्रचलन अनुसार मंगलबार विभिन्न विषयसँग सम्बन्धित अध्यादेश संसदमा पेश हुने भएको छ । राष्ट्रपतिको आह्वानअनुसार सोमबार संघीय संसदको दुवै सदनको १०औँ अधिवेशन सुरु हुँदै छ ।
सरकारको सिफारिसअनुसार यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
सोहीअनुसार मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सोमबार सार्वजनिक गरिएको छ ।
यस्तो छ सम्भावित कार्यसूची
सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने ।
गृह मन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा पहिलो संशोधन (अध्यादेश), २०७८’ पेस गर्ने ।
भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्ने ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको