प्रचण्डविरुद्ध खनिए लगानीकर्ता, माओवादीको भोट प्रभावित बन्ने चेतावनी, अवैधरुपमा सञ्चालित मेक्स मि ई–कमर्स इन्टरनेशनलमा चितवनका १८ सय जनाको ७ करोड रुपैयाँ बचत जोखिममा
१. प्रचण्डविरुद्ध खनिए लगानीकर्ता, माओवादीको भोट प्रभावित बन्ने चेतावनी
२८ मंसिर, काठमाडौं ।।
सेयर बजारका लगानीकर्ता नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खनिएका छन् । प्रचण्डले पुँजीबजारलाई साम्राज्यवादको रुपमा व्याख्या गरेपछि लगानीकर्ता उनीविरुद्ध खनिएका हुन् । प्रचण्डले पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उत्पादनमूलक उद्योगमा लगानी हुनुपर्ने पैसा सेयरमा लगानी हुनु साम्राज्यवादको रूप भएको व्याख्या गरेका थिए ।
इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सान्दर्भिक नभएको बताए । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रूप भएको भनी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति विडम्बनापूर्ण भएको पूर्व अध्यक्ष पौडेलले बताए ।
उनले पुँजीबजार अर्थतन्त्रको ऐना भएको र यस क्षेत्रलाई साम्राराज्यवादको विकसित रूपको टिप्पणी गर्नु विडम्बनापूर्ण अभिव्यक्ति भएको बताए । पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पुँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी सङ्कलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताए ।
यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरीत भएको बताएकी छिन् । अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताउँदै भनिन्, ‘सेयर बजारमा रोडमा साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको समेत लगानी रहेको छ ।’ प्रचण्डले दिएको अभिव्यक्ति सेयर लगानीकर्तालाई साँढेको जुधाइमा बाच्छाको मिचाई जस्तै भएको उनको टिप्पणी छ ।
४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने बताइन् । प्रचण्ड र वर्तमान अर्थमन्त्रीलाई समेत पुँजीबजारको विषयमा सामान्य ज्ञान समेत नभएको पोखरेलले तर्क गरिन् । उनले भनिन्, ‘नेतृत्व तहमा बसेका व्यक्तिले शेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरीत हो । विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरूले शेयर बजारको विषयमा नकारात्मक कुराहरू बोल्ने गरेका थिए ।’
२. सभापतिको मतगणना १० बजेबाट, भोलि आराम, बिहीबार अन्य पदको गणना हुने
नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान सकिएलगत्तै मतगणना हुने भएको छ।
मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरू भएको मतदानको समय साँझ ७ः३० बजेसम्म तोकिएको छ।
मतदान सकिएपछि राति १० बजेबाट मतगणना सुरू हुने महाधिवेशन प्रचार विभागका उपप्रमुख सुरेश आचार्यले जानकारी दिए।
आचार्यका अनुसार आज १० बजेदेखि ३/४ घन्टामा सभापतिको मतगणना सकिने भएको छ।
आज मतगणना सकिएपछि भोलि बुधबार आराम गरेर पर्सि बिहिबारदेखि अन्य पदको मतगणना हुने आचार्यले जानकारी दिए।
काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा हालसम्म २००० मत खसिसकेको छ।
कांग्रेसमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पहिलो र दोस्रो धेरै मत ल्याउने शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो।
३. एमाले अवरोधबीच सभामुखले चलाए प्रतिनिधि सभा बैठक
प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध जारी राखेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेश गरे।
त्यस्तै यौन हिंसाबिरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश मन्त्री बडूले बैठकमा पेश गरेका थिए।
एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै बिरोध गरेको हो।
यसअघिको अधिवेशनमा पनि एमालेले सोही विषयलाई लिएर सांसद अवरुद्ध गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलवार दिउँसो १ बजे बस्नेछ।
४. माओवादी केन्द्रले गर्यो संसदीय बोर्डको गठन
नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो ।
संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ ।
सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले जवाफ दिएको बैठकले मंगलबार सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।
साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ ।
५. २४ घण्टामा दुई सय ६४ जनामा कोरोना पुष्टि, दुई लाख ३६ हजार जनाले खोप लगाए
पछिल्लो २४ घण्टामा दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार सात सय नौ जनाको नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख सात हजार पाँच सय १६ पुगेको छ ।
यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५९ पुगेको छ ।
अहिले नेपालमा पाँच हजार ६ सय ८९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ९३ लाख ६५ हजार नौ सय १५ जनाले पूर्ण मात्रा र एक करोड १६ लाख २९ हजार ६ सय २१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
६. हृदयेश त्रिपाठीद्वारा ‘जनता प्रगतिशील पार्टी’ गठन
पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गर्नुभएको हो ।
पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनुभयो । उहाँले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताउनुभयो ।
पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरि काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलताको पहिचान गरी आउँदो चुनाव पूर्वसहमति प्राप्त बुँदाहरूमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने बताउनुभयो ।
पूर्वमन्त्री त्रिपाठीले भन्नुभयो, ‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन, अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीन वटै अङ्ग प्रभावविहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ । अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ प्रतिस्पर्धामा हाम्रो रूचि रहने छैन । वर्तमान परिदृश्यमा दलहरूबीच न्यूनतम साझा विषयमा राष्ट्रिय सहमतिको नितान्त आवश्यक्ता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई फेरि सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ ।’
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण, पालिकाको सीमाङ्कन, देशको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेसाको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुरामा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा सदस्य रेशम चौधरी अहिलेसम्म जेलमा रहनु विडम्बना भएको र एमसीसी लगायत कतिपय विषयमा राष्ट्रिय सहमति खोज्नुपर्ने भनाइ राख्नुभयो ।
७. अस्ट्रेलियाले भोलिदेखि विद्यार्थी र अस्थायी बसोबास अनुमति पाएका विदेशी नागरिकलाई प्रवेश दिने
अस्ट्रेलियाले भोलि बुधवारदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । यसअघि अस्ट्रेलियाले विद्यार्थी र अस्थायी बसोबास भिसा रहेका विदेशी नागरिकहरूलाई डिसेम्बर १ अर्थात् दुई हप्ताअघि नै सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि भोलिसम्मका लागि बन्द गरेको थियो ।
प्रधानमन्त्री मरिसनले भोलिदेखि भने अन्तर्राष्ट्रिय सीमा खोल्ने बताउनुभएको हो । भोलिदेखि विदेशी विद्यार्थीका साथै अस्थायी बसोवास भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरूका अभिभावक र दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।
अस्ट्रेलियाको केन्द्रीय सरकारले झन्डै २० महिनादेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल क्षेत्रमा तीन दिन तथा अरू राज्यमा १४ दिन क्वरेण्टीन अनिवार्य छ । पूर्ण मात्रा खोप र तीन दिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट सबै राज्यमा अनिवार्य रहेको बीबीसीले जनाएको छ ।
८. आज एमसिसीको बोर्ड बैठक बस्दै, एजेन्डामा नेपाल पनि
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक आज बस्दैछ।
एमिसीको वेवसाइटमा उल्लेख भएको जानकारीअनुसार आजको बैठकमा ६ वटा एजेन्डा छन्। तीमध्ये नेपालसँग भएको एमसिसी सम्झौता पनि एक हो।
भिडिओ कन्फरेन्सबाट बैठक हुन लागेको एमसिसीले जनाएको छ।
नेपालमा एमसिसी सम्झौता भएको चार वर्ष बितिसक्दा पनि संसदबाट अनुदमोदन हुन सकेको छैन।
पछिल्लो केही समयदेखि नेपाली राजनीति एमसिसीले तरंगित छ। सत्तारूढ गठबन्धनका केही दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्रको एउटा समूह एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छ।
नेपालमा एमसिसी परियोजना निकै गिजोलिएपछि पछिल्लो समय अमेरिकाले वासिङ्टनबाट अधिकारीहरू पठाएर नेपालीलाई आश्वस्त पार्न खोजेको थियो।
गत मंसिर पहिलो साता दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए। उनीअघि गत भदौमा एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी थिइन्।
चार दिन नेपालमा रहँदा प्रधानमन्त्रीदेखि विपक्षी नेताहरूसँग म्याराथन मिटिङ गरेकी सुमारले काठमाडौं छोड्नुअघि भनेकी थिइन्( ‘यो अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई बिनास्वार्थ गरिएको सहयोग हो। यसमा राजनीति गर्नु हुँदैन।’)
अमेरिकी सहायक विदेश मन्त्री लुले पनि काठमाडौंमा भएका उच्चस्तरिय भेटघाटमा एमसिसी पास हुनेरनहुनेबारे कुरा गरेका थिए।
काठमाडौं छोड्नु केही घन्टाअघि संवाददाताहरूसँगको अन्तर्क्रियामा उनले अनन्तकालसम्म अमेरिका कुर्न नसक्ने बताएका थिए।
‘एमसिसी ऋण होइन, अनुदान हो। संसारका थोरै मुलुकले मात्रै यो पाएका छन्। पैसा केमा खर्च गर्ने भन्ने सम्बन्धित देशका सरकारले नै छानेका छन्। अनुदान लिने कि नलिने निर्णय गर्न नेपाल सार्वभौम छ,’ लुले भने,‘तर धेरै ढिला भयो भने पैसा अन्त जान सक्छ।’
तपाईंले नेपाली नेताहरूलाई एमसिसी पास गर्न कुनै समय(सीमा भन्नुभएको छरु भन्ने प्रश्नमा सहायक विदेश मन्त्री लुले समय सीमा नभए पनि अब एमसिसीबारे निर्णय गर्न नेपालले धेरै ढिला गर्न नहुने बताए।
‘यसअघि नै धेरै समय भइसकेको छ। अझै धेरै ढिला गर्नु राम्रो हुँदैन,’ लुले भने।
आज बस्ने एमसिसीको बोर्ड बैठकले नेपालमा एमसिसीबारे के गर्ने भन्ने निर्णय गर्ने अनुमान गरिएको छ।
९. अवैधरुपमा सञ्चालित मेक्स मि ई–कमर्स इन्टरनेशनलमा चितवनका १८ सय जनाको ७ करोड रुपैयाँ बचत जोखिममा
चितवनको भरतपुर महानगर– १० रिजालचोकमा अवैधरुपमा सञ्चालित मेक्स मि ई–कमर्स इन्टरनेशनलमा चितवनका १८ सय जनाले ७ करोड रुपैयाँ बचत गरेको खुलेको छ । ठगी गर्ने उद्देश्यले सञ्चालित उक्त ‘मेक्स मि’ मा बचत गर्नेहरुको रकम जोखिममा परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जोखिममा परेको रकम फिर्ता गराउने गरी अनुसन्धान भइरहेको बताए ।
‘मेक्स मि’ले ठगी गरेको सूचना प्राप्त भएपछि चितवन प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सिनालाई मंसिर ६ गते पक्राउ गरेको थियो । तिमिल्सिनाविरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी परेको छ ।
२७ वर्षीय तिमिल्सिना दैलेख आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका ७ बस्दै आएका छन् । उनलाई पक्राउ गरेपछि उक्त संस्थाले अवैध रुपमा बैंकिङ कारोबार गर्दै आएको खुलेको छ । ‘मेक्स मि’ विगत एक वर्षदेखि सञ्चालित छ ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो व्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।
प्रहरीका अनुसार तिमिल्सिना आफैले नेपाल राष्ट्र बैकको नक्कली ईजाजत पत्र तयार गरेको खुलेको छ । आफै छाप हानेर आफै दस्तखत गरी तिमिल्सिनाले राष्ट्र बैंकको नक्कली ईजाजत पत्र बनाएको खुलेको हो । तिमिल्सिनाले कार्यालयको बोर्ड र बचत पासबुकमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त भनेर लेखेका थिए भने एउटा नक्कली ईजाजत पत्र पनि तयार पारेर भित्तामा टाँसेका थिए । जसले गर्दा सर्वसाधारण संस्थाप्रति पूर्ण विश्वस्त थिए ।
अदालतबाट म्याद थप गरी उनी उपर ठगी मुद्दा र सरकारी छापदस्तखत किर्ते गरेको सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको एसपी अधिकारीले जानकारी दिए ।
‘मेक्स मि’ मा अन्य दुई जना पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै एसपी अधिकारीले उनीहरुलाई पनि तिमिल्सिनाले भ्रममा राखेर फँसाएको पाइएको जानकारी दिए ।
एक वर्षसम्म नक्कली ईजाजत बनाएर काम गरिरहँदा पनि सम्बन्धित निकायले भेउ नपाउनु दुखःद विषय हो । सरकारी निकायबाट अनुगमन फितलो हुँदा ठग गर्नेहरुले मौका पाइरहेका छन् ।
https://www.nsancharonline.com/archives/8326?p=8326कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/8326?p=8326२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/8326?p=8326पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/8326?p=8326दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/8326?p=8326काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/8326?p=8326दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/8326?p=8326कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/8326?p=8326एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/8326?p=8326गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/8326?p=8326चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति