गुणस्तरीय शिक्षाका लागि शिक्षककै गुणस्तर बढाउनुपर्छ : प्रधानमन्त्री ओली

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत गर्ने कार्यक्रममा उनले शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन् । विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा पद्धतिमा ध्यान दिने शिक्षक चाहिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘….हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ’ उनले भने, ‘उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याब तथा पुस्तकालयलगायतका शीर्षकमा बजेट विनियोजन गरिएको प्रधानमन्त्री ओलीले बताए ।

आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । ‘यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेटभित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ’ उनले भने ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यसम्बन्धी प्रवन्धसहितको विद्यालय हुनुपर्ने बताए । अनलाइनखबर बाट……

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 7 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *