काङ्ग्रेस महाधिवेशनमा भुपु सैनिक संघको नेतृत्वमा स्वयंसेवक परिचालन प्रभावकारी ।।

काठमाडौ :  नेपाली काङ्रेसको १४ औ महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएर मतगणना चलिरहेको अवस्था छ।सभापति ,उपसभापति ,महामन्त्री र केही सहमहामन्त्री हरुको नतिजा आइसकेको छ भने अन्यको मतगणना पनि निरन्तर जारी छ ।
महाधिवेशन सप्पन्न गर्न धेरै सरोकारवाला हरुको धेरै खालका भुमिकाहरु हुने गर्दछ्न।

नेपाली काङ्ग्रेस जस्तो ठूलो र पुरानो पार्टीको महाधिवेशन लाई व्यवस्थापन गर्नु आफैमा एउटा ठूलो चुनौतीपूर्ण कार्य थियो ।
महाधिवेशनमा देशभरबाट ४७०० बढी प्रतिनिधि तथा अन्य सदस्यहरु तथा सुभचिन्तक हरु आएका थिए।महाधिवेशन स्थलमा प्रवेश स्थल देखि भित्र सम्मको भिड व्यवस्थापनमा प्रहरी त खटाइएको थियो तर त्यो भन्दा पनि अझ बढी मेहनतका साथ नेपाल भुपु सैनिक संघका १५० जना स्वयंसेवकहरु खटिएका थिए ।

महाधिवेशन अवधिभर उनिहरु बिहान देखि बेलुका सम्म महाधिवेशन स्थलमै व्यस्त देखिन्थे।उनिहरुले २४ गते देखि २८ गते सम्म भएका विभिन्न प्रक्रियामा सक्रीयताका साथ सहभागी भएर महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै स्वयंसेवक परिचालन संयोजक नेपाल भुपु सैनिक संघका केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर मास्की रानाले खुसी सहित धन्यवाद ज्ञापन गरेका थिए ।

बिहानमा काठमाडौको चिसो र दिउसोमा चर्को घामको प्रवाह नगरिकन भिड व्यवस्थापन ,लाइन मिलाउने ,आवस्यक सहजीकरण गर्ने ,पानी लगायतका अत्यावश्यक सामाग्रीहरुको आवश्यक निगरानी गर्ने लगायतका कार्यमा भुपु हरुले उल्लेख्य भुमिक खेलेकोमा सम्पुर्ण भुपु स्वयंसेवक र भुपु सैनिक संघलाइ महाधिवेशनका व्यवस्थापन संयोजक पुर्ण बहादुर खड्काले धन्यवाद ज्ञापन गरेको अध्यक्ष मास्की रानाले जानकारी दिएका छन ।

रानाले पार्टीलाई आवश्यक पर्दा भुपु सैनिक संघले सधै आफ्नो भुमिका जिम्मेवार भएर निभाएको र आगामी दिनमा समेत आवश्यकता अनुसार भुपु सैनिक संघले पार्टीको निर्देशन बमोजिम काम गर्ने बताएका छ्न ।