जन जागृत युवा क्लबको आयोजनामा तेस्रो महिला तथा २७ औँ खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने

देवचुली, एलिना केसी : जन जागृत युवा क्लबको आयोजनामा आगामी पुस १० गते देखि तेस्रो महिला तथा २७ औँ खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि खुल्ला भलिबल प्रतियोगिता खेल हुने क्लबका अध्यक्ष वीरेन्द्र राज काफ्लेले शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको हो । युवा तथा महिला सशक्तिकरण गर्ने र स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले खेलको आयोजना गरिएको काफ्लेले बताउनुभयो ।
उहाँले सो खेलका लागि महिलातर्फ १६ र पुरुषतर्फ १६ गरि कुल ३६ टोलीको सहभागीता रहने बताउनुभयो । प्रतियोगिताका लागि पर्वत, बाग्लुङ र स्याङ्जा गरि विभिन्न जिल्ला देखि खेलाडीहरुको सहभागीता रहने जनाइएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु राष्ट्रिय भलिबल संघको नियममा रहि जिल्ला भलिबल संघ नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को प्राविधिक सहयोगमा खेलाइने छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले रु १ लाख ११ हजार, द्धितीय हुने टिमले रु ६१ ह्जार, तृतीय हुने टिमले रु ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरि महिलातर्फ प्रथम हुने टिमले रु २० हजार, द्धितीय हुने टिमले रु १५ हजार र तृतीय हुने टिमले रु १० हजार मेडल, ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि सहभागी हुने पुरुष टिमले रु ३ हजार र महिलातर्फ रु ३ सय शुल्क लाग्ने छ । प्रतियोगिता देवचुली ९ को घुमाउरी पिकनिक स्पट परिसरको खेल मैदानमा हुनेछ ।
जन जागृत युवा क्लबले विगतका दिनहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा पनि अग्रसर रहेर काम गर्ने जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै