मनकामना केबलकार आजदेखी चार दिन बन्द

एन सञ्चार, पौष ४, मुग्लिन : मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो ।
उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै