८९ देशमा फैलियो ओमिक्रोन, खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक: डब्लूएचओ

एन सञ्चार, पौष ४, न्युयोर्क ।। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ। 

ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ। वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन्।

ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ।

२६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो। ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाइ छ। 

‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ।एजेन्सी

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *