चितवनमा सवारी दुर्घटनामा १२ जनाको मृत्यु, ७४ घाइते

चितवन – चितवनमा चालु आर्थिक वर्षको मंसिर महिनामा ७४ वटा सवारी दुर्घटना भएका छन् । गत वर्षको मंसिर महिनाको तुलनामा यस वर्ष सवारी दुर्घटनाको संख्या बढेको छ । गत वर्ष यही अवधिमा ५२ सवारी दुर्घटना भएका थिए ।
यद्दपी यस वर्षको मंसिरमा तुलानात्मक रुपमा दुर्घटना बढे पनि मृतकको संख्या भने घटेको छ । यस वर्षको मंसिरमा जिल्लाभर भएका ७४ दुर्घटनामा १२ जनाको ज्यान गएको छ । यो संख्या पछिल्लो चार आर्थिक वर्षयताकै कम हो । मंसिरमा मोटरसाइकल दुर्घटनामा नौ जनाको ज्यान गएको छ । यस्तै ट्याक्टरको ठक्करबाट एक तथा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
मंसिरमा सवारी दुर्घटनामा परी ७४ जना घाइते भएका छन् । जसमध्ये ५० जना सामान्य घाइते भएका थिए भने २४ जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये ५४ जना पुरुष हुन् भने १७ महिला, दुई बालक र एक बालिका हुन् ।
यस अघी आर्थिक वर्ष २०७३/७४ को मंसिरमा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । यस्तै आर्थिक वर्ष ७५/७६ मा १४ र ७६/७७ मा १९ जनाको मृत्यु भएको ट्राफिक कार्यालयको तथ्याङकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै चितवनमा सवारी दुर्घटनामा ६० जनाको ज्यान गएको छ । यो अवधिमा भएका तीन सय ७३ दुर्घटनामा ६० को ज्यान गएको हो ।
चालु आर्थिक वर्षको भदौमा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या सबै भन्दा कम छ भने असोजमा सबै भन्दा धेरै छ । भदौमा ६३ वटा सवारी दुर्घटना हुँदा पाँच पुरुष र दुई बालक गरी सात जनाको मृत्यु भएको छ । असोजमा ६७ वटा दुर्घटना भएका छन् । जसमा २० जनाको मृत्यु भएको छ ।
ट्राफिक कार्यालयका अनुसार साउनमा ७८ वटा सवारी दुर्घटना हुँदा नौ पुरुष र दुई महिला गरी ११ जनाको मृत्यु भएको थियो । यस्तै कार्तिकमा ६२ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । जसमध्ये सात पुरुष र तीन महिला हुन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम