माधव सुवेदी, चैत्र २१ ।। देवचुली १६ रजहरमा रहेको बिकु बचत तथा ऋण सहकारी सस्थाले सामुदायिक प्राकृतिक चिकित्सालयका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । बिगत लामो समयदेखी विभिन्न क्षेत्रमा सहयोग गर्दै आयको बिकु साकोसले प्राकृतिक चिकित्सकलयका नया कार्यसमितिका पदाधिकारीहरुलाइ मायाको चिनो सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सकलयका नवनिर्वाचित अध्यक्ष सन्त बहादुर क्षेत्रीले यस्ता खालका सम्मानले काममा जोस जागर र कार्यकुसलताका साथ अगाडि बढ्न सहज हुने कुरामा आफू बिस्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा प्राकृतिकका निवर्तमान पदाधिकारी , कर्मचारी ,नवनिर्वाचित पदाधिकारी सहित बिकु साकोसका कर्मचारी , पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।