देवचुली मा.वीको स्वर्ण महोत्सव तिब्र गतिमा, विविध कार्यक्रम गरी मनाईदैं
नवलपुरको देवचुली नगरपालिका अन्तरर्गतमा रहेको देवचुली माध्यामीक विद्यालयले २०७८ पौष ८ गतेबाट स्वर्ण महोत्सव गर्ने भएको छ । देवचुली माध्यामीक विद्यालयले स्थापनाको ५० बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवको आयोजना लागी पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । स्वर्ण महोत्सव को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गर्नुहुनेभएको छ ।
स्वर्ण महोत्सव पौष ८ गते देखि सुरु हुने भएको छ भने बैशाख १ गते समापन गरिने हुने भएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारीले बताउनुभयो । पौष १० गतेबाट विभिन्न खेलकुद, शैक्षिक , जेष्ठ नागरिक सम्मान कार्यक्रम , साहित्यिक, पूर्व विद्यार्थी पूर्नमिलन, साँस्कृतिक कार्यक्रम, स्टल सहितको विज्ञान प्रदर्शनी, जेष्ठ नागरीकहरुलाई स्वास्थ्य शिविर, आत्मविश्वास अभिवृद्धि, वृक्षारोपण, रक्तदान लगायतका कार्यक्रमहरु हुने भएको छ भने चैत ६ गते बाटस्मारिका प्रकाशन, स्वर्ण स्तम्भ, शोभा यात्रा लगायतका कार्यक्रम गरि समापन गरिने भएको छ ।
स्वर्ण महोत्सवलाई अगाडि बढाउँदै विद्यालयले आफ्नै करीब ३ विगाहा जग्गामा क्रिकेट मैदान बनाएको छ । वि.सं २०२८ सालमा स्थापना भएको थियो । स्थापना काल देखिनै विद्यालयले विद्यार्थीहरुलाई गुण्स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ भने लामो समयसम्म कोरोनाका कारण ठप्प रहेको शैक्षिक स्तरलाई अबको दिनमा स्वास्थ्यका मापदण्डहरु पालना गरि अबको हरेक हप्ता शनिबार कार्यक्रम गरीने भएको छ । कार्यक्रममा वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षकहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले