नवलपरासीको इलाका प्रहरी कार्यालय डेढगाउँमा पनि हिरासतमा किताब ।

नवलपुर । पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय डेढगाउँमा हिरासतमा किता कार्यक्रम अन्तरगत पुस्तकालय स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले हिरासतमा किताब कार्यक्रमको पाचाै श्रृङ्खला अन्तरगत ईलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासी (पूर्व) को हिरासत कक्षमा पुस्तकालय संचालनमा ल्याएको छ ।

पुस्तकालयको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले उदघाटन गरेका थिए । विभिन्न कसुरमा प्रहरी हिरासतमा आउनुहुने व्यक्ति (थुनुवा) हरुलाई पढ्ने कार्यमा सहभागी गराई असल नागरिक बन्न उत्प्रेरित गर्ने उद्धेश्यले कार्यक्रम जिल्ला प्रहरी कार्यालयले संचालनमा ल्याएको मल्लले बताए ।

नवलपुरमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय गैडाकोट, ईलाका प्रहरी कार्यालय दुम्किबास, ईलाका प्रहरी कार्यालय रजहर र डेढगाउँ गरी पाँच् स्थानमा पुस्तकालय स्थापना गरिएको छ ।