नवलपरासी प्रहरीद्धारा ९ जना अभियुक्त प्रकाउ

पौष ८, नवलपुर । नवलपरासी (पश्चिम) प्रहरीले आज बिभिन्न मुद्धामा फरार रहेका ९ जना अभियुक्त पक्राउ गरेको छ । बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका वैदेशिक रोजगार ठगी मुद्धाका १ जना, कुटपिट मुद्धाका ३ जना, गाली बेईजती मुद्धाका १ जना, जारी मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र नकवजनी चोरी मुद्धाका १ जना गरी जम्मा ९ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट २ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना, बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना, प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट २ जना फरार अभियुक्त पक्राउ गरीएको छ । सम्मानित अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा वैदेशिक रोजगार ठगी मुद्धाका १ जना अभियुक्तको ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरीवाना तोकिएका छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार ७ दिन देखि २ महिना ४ दिन सम्म कैद र १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरीवाना तोकिएको छ जसमा न्यूनतम सजाय गाली बेईजती मुद्धाका एक जना अभियुक्तको १ सय रुपैयाँ जरीवाना रहेको छ ।
आज पक्राउ परेका ९ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ३ बर्ष ३ महिना ४ दिन कैद र ३ लाख १२ हजार ९ सय ९१ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै ९ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै सम्मानित नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट लगत अनुसारको कारबाही भएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै