१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

एन सञ्चार, पौष ९, काठमाडौं ।।
१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।
खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार कुवेतसँग खेल्नेछ ।
यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । हिजो भएका खेलमा भारत, पाकिस्तान र श्रीलङ्काले विजयी सुरुवात गरेका छन् ।
भारतले यूएईलाई १ सय ४५ रन, श्रीलङ्काले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । जितसँगै भारत, पाकिस्तान र श्रीलङ्काको अङ्कतालिकामा दुई/दुई अङ्क भएको छ ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै