यक्लो हुनु श्राप हैन

म मेरो जन्म दिनमा तिमिलाई पुस्तक उपहार दिन चाहन्छु । एक घुट्को चिया सुरप्प पार्दै उनले भनिन । नारायणी नदि छेउको क्याफे । निहारिका को साथमा ड्राफ्ट थियो । भाषिक शुद्दता र पुनलेखनको लागि उनले यो ठांउ रोजिन । म संयोग वश त्यहां पुगेको थियं । उनको एकांकि लाइ नभत्काउ भनि उनि संग विदा माग्दै गर्दा उनको फरक आग्रह सुनेर म चकित भयं। ड्राफ्ट पढ्ने आग्रह । न त म प्रकाशक या कुनै अमुक साहित्यकार मैले त्यो ड्राफ्ट पढेर पनि के गर्न सक्छु र मलाइ पढ्न दियर उनलाइ पनि के अर्थ छ र? यस्तै सोचि सहमतिमा टाउको हल्लांय तर शर्त सहित ।

र यहां पनि मैले गलत गरें कि किनकि प्रत्येक शर्त हरु गलत लाग्दछ मलाइ । परिवारमा शर्त,प्रेममा शर्त,साथिलाइ शर्त,हाकिमले कर्मचारिलाइ शर्त,चुनावमा शर्त, व्यापारमा शर्त कोरोना संग वच्न शर्त हामिले चाहेर पनि नचाहेर पनि अथवा थाहा भयर पनि नभयर पनि कति शर्तमा वांधियम होला जिवनमा । 

उनको जन्म दिनमा मैलै पुस्तक पढ्न पाउनु जस्तो हैन यो कुरा ।

शर्त थियो क रेन्डमलि पढ्छु विच विचका पानाहरु । उनको पनि कुनै उदेश्य थियन रैछ मलाइ गरियको आगहमा । आज ड्राफ्ट हेरफेर गर्छु भनि आयकि उनी एउटा फोन ले मन भांडियछ,तनावि मुडमा थिइन  । यस्तो वेला उनलाइ एक्लै छाडि हिंड्नु मेरो कर्तव्य भित्र नपर्ला । मान्छे जव एक्लै हुन्छ सव भन्दा पहिले घेर्ने भनेकै विचारले हो । यसका तरंगले हो । शायद तपाइहरु लाइ पनि यस्तो भयको होला । मलाइ पनि हुन्छ । विच विचमा पढ्दै गर्दा म टक्क रोकिन्थे र हामि फरक विषयमा गफ गर्थेम । पृष्ठ नं 101 मा अांखा पुग्यो । ” साथमा कोहि हुनु मात्र एक्लो पन नभयको हैन बरु साथमा कोहि नभय पनि एक्लो पनको महशुस नभय पुग्छ । “

केहि प्रश्न सोधु लाग्यो उनि नदि पारि चरेका अर्ना हेर्न मस्त थिइन । पृष्ठ 243 मा जव मेरो आँखा पुग्यो र पढें त्यसपछि त छर्लंग वुझिहांले उनको ड्राफ्ट को पुरा विषय र पर्श्न पनि गरिहांले उनको उत्तर को प्रतिक्षा अगि डायरिका पानामा के थियो त? 

“एक्लो पन महशुस गर्दिन भन्दा पनि देखेका, सुनाइएका कुराहरु ले भाव परिवर्तन गराइ दिंदा रहेछन । एक्लो पन त्यस्तो कुन चिज रहेछ जसले दुख नदियोस । प्रेम वियोगमा परेकाहरु को अनुभुति म संग नहोला तर कोहि कसैको साथ नपायर पनि खुशि मिल्न सक्दैन भन्ने हुन्न । शायद घर होस या प्रकृतिको कुनै मनोरम स्थानमा पुग्दा एक्लो हुंदा पनि शान्तिको वोध हुन्छ भने । साथिहरु संगको हुलमा हुंदा देखि समाज,राजनिती अनि कोरोना जस्ता रोगहरुको विगविगि भयको ठांउमा सानो पल आँफुमा केन्द्रित हुन पाय पनि त पुग्यो मलाइ । मलाइ छोडेर गयको प्रतिक लाइ सम्झेर म किन रोइरहुं । म पनि मेरो अन्तष्करणलाइ हेर्न चाहन्छु, डुब्न चाहन्छु साधनामा । “

ठट्यैालि पारामा सोधें अरे वाह छुपारुस्तम भयंकर ट्याजिडि परेछ त !वियोग कथा लाइ पुरा किताब मा पोख्दियैा? आँफै पढेर थाहा पाउनु उल्टै उनले प्रश्न गरिन । कतिअैां पेज पढुं? 301 जवाफ आय‍ो । उनले अझै प्रष्ट्याउन खोजिन नवोलि । ” शायद वयष्क भयपछि मलाइ जस्तै प्रश्न सवैलाइ आंउदो हो विहे कहिले गर्ने? ” बांकि हरफहरु पढ्न मलाइ जांगर लागेन किनकि अगि सम्म प्रेम वियोगको कुरा मिसियर उनको अप्रकाशित ड्राफ्ट नै विरोधाभाषले भरियको झैं लाग्यो । 

केहि समय विश्राम दिने निधो गरें र दुइटा कफि अर्डर गरि हामि समसामयिक विषयमा गफियम एकछिन । र उनको एकाग्रता भत्कायको अघिको फोनको कुरा नसोधि सुनाइन । ” यहि महिना ड्राफ्ट पुरा गरि प्रेसमा पठाउनु छ, अफिसको वांकि टाक्स पनि पुरा गर्नु छ र प्रतिको यादलाई दिमाग बाट हटाउन पनि सकेको छैन । एक हिसाबले म विचार को ट्रान्समिसन फेज बाट गुज्रि रहेको छु । यस्तो बेला फोनबाट विवाह को प्रस्ताव आउदा म विचलित भयको छु । एक्कासि । ” म आफ्नु केहि राय दिन नसक्ने अवस्थामा थिंय ।.कफि सकियो । उनि नदि तिर तिर टहलिन गइन । म एक्लै भयं । मेरो आँखा पेज नम्बर 375 मा पर्यो । र यो पेजमा यस्तो थियो । ” कतिपय स्थान यस्ता हुन्छन मान्छे एक्लो हुन चाहेर पनि नहुन सक्छ । सामाजिक संजालमा घोरियर एकांकि हुन खोज्छु भनेर असम्भव छ । कहिले कांहि सोच्दछु एक्लो हुन नपाउनु पनि ठुलो विवशता हो । एक्लो पन दुत्कार्य छैन मात्र एक्लो पनले आँफुलाइ नखाओस । पुर्विय दर्शनका अधिकांश  साधना पद्दतिले समुह खोज्दैन । “

यति पढि सकेपछि मैले केहि अनुमान लगाउन थांले । उनि नदि तिरमा पानिका तरंग संग खेल्दै थिइन । उनि आइन्जेल पर्खियं । सोधें के हो सांसरिकता छोड्ने निर्णय हो कि कितावको भाव त्यस्तो । यसको उत्तर पनि उनले ड्राफ्ट मै पढ्न भनिन । उनको ड्राफ्ट कुल 415 पेजको छ । मैले कथाहरु भन्दा पनि लेखकले पात्रहरुमा न्यारेट गर्दै गर्दा पात्रहरुको मनोदषा लाइ ईगिंत गरेका कोलमहरुमा ध्यान दियको थिंय । अरु साहित्यकार हरुको भन्दा फरक डिजाइनको थियो उनको ड्राफ्ट विल्कुल वेचल्तिको । पृष्ठ 399 मा यस्तो थियो । ” राजा शुद्दोधनको स्नेह सोतेनि आमा माया देवि र पत्नि यशोधराको वेशर्त प्रेम पांउदा पनि वुद्दले किन आध्यात्मिकता रोजे त? शारिरीक सामिप्यता र भैातिक सम्पन्नता ले पनि त एक्लोपन मेटिइहाल्ने त रहेनछ नि । वुद्दले भनेका पनि छन अति प्रेमले पनि त दुख नै दिन्छ । ” र अनुमान गरें  उनको पात्र पनि भयंकर मनोदशा बाट गुज्रिरहेको छ र आध्यात्मिक रुपान्तरणको प्रतिक्षारत छ । उनलाइ त्यहि अवस्थामा एक्लै छोडि मेरो पुरानो साइकल चलाई डेरा तर्फ फर्किंय । वाटोमा पाइडल दबाइ रहंदा मनमा एउटै विचार आइरह्यो एक्लो हुनु कुनै श्राप हैन । 

दुइ महिना पछि जव उनको जन्म दिन आयो । उनको हस्ताक्षर सहित सप्रेम उपहार भनि उनको किताब पायं । र किताब मैले अनुमान गरे जस्तै थियो तर फरक यो थियो कि त्यहि दिन सांझ  फेसवुकको टाइमलाइन स्क्रोल गरिरहंदा उनको विहेको फोटो थियो । उनले त आफ्नो जन्म दिनमै मलाइ आँफैले लेखेको पुस्तक उपहार दियर विवाह पनि गरिछिन । उनि मेरो मिल्ने साथि थिइन र उनको जिवन नै विरोधाभाष पुर्ण थियो ।

विनोद ढकाल

dsarad55@gmail.com