एन सञ्चार, पौष ११ः नवलपुर ।। राप्रपा नेपालका अध्यक्षका राजेन्द्र लिङ्देन राप्रपाको आम सभालाई सम्बोद्धन गर्न सोमबार कावासोती आउँदैछन् ।
राप्रपा गण्डकी प्रदेश कार्यसमितिद्वारा आज कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आमसभामा गण्डकी प्रदेश भरिका कार्यकर्ताहरूको सहभागिता रहने छ ।
सभामा केन्द्रीय पदाधिकारीहरू समेतको सहभागिता रहने निवर्तमान गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले बताए ।