एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं: प्रचण्ड, एमसीसी राष्ट्रघाती भन्नेले पढेको छैन, म प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौँला त ?: देउवा

एन सञ्चार, पौष ११ ।।
१. एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन्।
आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन्। पार्टी एकता गर्दा आफूहरुको उद्देश्य गलत नभएको उनको भनाइ थियो।
‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’, उनले भने ‘एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं।’
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए। माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए।
२. माओवादी महाधिवेशन: बन्दसत्र भोलि ११ बजे सुरु हुने
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ।
माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो। उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ।
नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ।
देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ।
३. एमसीसी राष्ट्रघाती भन्नेले पढेको छैन, म प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौँला त ?: देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती भन्नेले पढ्दै नपढेको बताएका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
“एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन रु,” उनको प्रश्न थियो, “म पनि देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त रु नेपालको हितमा छ सित्तैमा आएको पैसा हो बुझ्नुपर्यो क्या !”
उनले गठबन्धन पनि पछिसम्मै चल्ने बताएका छन् । उनले यो गठबन्धन नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नभएको बताए ।
“हामी मिल्न त पाउछौँ नि,” उनले भने, “यो ओलीका विरुद्धमा होइन ।”
४। एमसीसीबारे प्रचण्डको दोमन, गठबन्धनमा सहमति नभएको संकेत
अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौनता साधेका छन् ।
प्रज्ञा–भवनमा जारी आफ्नै पार्टीको ८औँ महाधिवेशनको उद्घाटन सत्रको अन्त्यमा बोल्दै उनले बहुचर्चित एमसीसीको विषयमा मौनता साधेका हुन् ।
उनीभन्दा अगाडि बोलेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने बताएका थिए । देउवालगत्तै बोलेका प्रचण्डले सो विषय उप्काए पनि आधिकारिक कुरा भने राखेनन् ।
तर, प्रण्डले गठबन्धनले एमसीसी पास गर्न सकारात्मक भइनसकेको संकेत गरे । उनले प्रधानमन्त्री देउवाले बोलेको कुरालाई नितान्त व्यक्तिगतको संज्ञा दिए ।
“एमसीसीबारे उहाँले आफ्नो कुरा भन्नुभयो, राष्ट्रघात कहाँ छ देखाउनु भन्नुभयो,” उनले भने,“प्रधानमन्त्रीको यो महत्वपूर्ण अभिव्यक्ति हो ।”
५. सहिद स्मारक ए डिभिजन लिग: थ्री स्टार र आर्मीको गोलरहित बराबरीमा
त्रिभुवन आर्मी फुटबल क्लब जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत थ्री स्टारविरुद्ध गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ।
थ्री स्टारसँगको बराबरीपछि आर्मीले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।
आइतबार सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३/0 ले हराउँदै संकटा तालिकाको तेस्रो स्थानमा उक्लिलएको थियो।
आर्मी ६ खेलमा १० अंकसहित चौथो स्थानमा छ। समान खेलमा १४ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ भने मनाङ १३ अंक बटुल्दै दोस्रो र संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा छ।
दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारमाथि निरन्तर दबाब बनाएको विभागीय टोलीले फिनिसिङमा चुक्दा अग्रता बनाउन सकेन। खेलको म्यान अफ दि म्याच आर्मीका जगदीश श्रेष्ठ घोषित भए।
६. प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड
किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् ।
सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो ।
बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए ।
सवारीसाधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
७. एसिया कप यू–१९: नेपाल श्रीलङ्कासँग ६० रनले पराजित
१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको छ । यूएईको शारजाह मैदानमा आज आइतवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको हो ।
श्रीलङ्काले दिएको तीन सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६२ रन मात्र बनाउन सक्यो । नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बसिर अहमदले ४३ रन जोड्दा विवेक यादवले ४६ रन बनाए । श्रीलङ्काका रभिन डी सिल्भा र मथिसा पाथिरानाले तीन/तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा चार विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । उसका लागि सदिशा राजापाक्षेले एक सय ३१ र चमिन्दु विक्रमासिङ्घेले एक सय ११ रन बनाए । नेपालका मोहम्मद अदिलले दुई तथा देव खनाल र विवेक यादवले एकरएक विकेट लिए ।
आजको हारसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ । पहिलो खेलमा नेपाल टेस्ट देश बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आउँदो मङ्गलवार कुवेतसँग खेल्नेछ ।
८. नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हरायो
एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने आशा जीवितै राखेको हो ।
नेपालले बङ्गलादेशलाई २७–२५, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष ४ मा रहँदै फाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।
प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराएको थियो । यस्तै नेपाल बङ्गलादेशसँग तीन–शून्यको सोझो सेटमा र श्रीलङ्कासँग तीन–एकको सेटमा पराजित भएको थियो ।
९. २४ घण्टामा २ सय १९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा दुई सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ६७ जनाको नमुना परीक्षण गर्दा दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार सात सय ८० पुगेको छ ।
यही अवधिमा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८५ पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार तीन सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ९९ लाख ९६ हजार तीन सय ८० जनाले पूर्ण मात्रा र एक करोड ३१ लाख ७५ हजार पाँच सय ९७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै