लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार नवलपुरकी पत्रकार चन्दा गुरुङलाई

नवलपुर, पुष १३    । तमु सञ्चारकर्मी संघले हरेक वर्ष तोला ल्होसारको अवसरमा वितरण गर्ने लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट बुद्ध दर्शन टेलिभिजनकी समाचार बाचिका चन्दा गुरुङ पुरस्कृत हुनु भएको छ ।

 

संघले तमु पत्रकारिता पुरस्कार छनौट समितिको सिफारिसमा हरेक वर्ष ६ जना पत्रकारहरुलाई पृरस्कृत गर्ने गर्छ । सोहि अनुरुप तमु पत्रकारिता पुरस्कार छनौट समिति २०७८ ले सिफारिस गरे अनुसार पत्रकार गुरुङलाई यस वर्षको लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट मंगलबार काठमाडौँ स्थित तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को सभाहलमा आयोजित एक कार्यक्रमका बिच पृरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

 

नवलपुर जिल्लाको कावासोती नगरपालिका २  निवासी पत्रकार चन्दा गुरुङ आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित बुद्ध दर्शन टेलिभिजनकी समाचार बाचिका तथा कार्यक्रम प्रस्तोता हुनुहुन्छ । पत्रकार गुरुङ संगै विभिन्न पत्रकारीता पुस्कारबाट अन्य ५ जिल्लाका ५जना पत्रकारलाई पुरस्कृत गरिएको छ । पुरस्कृत पत्रकारहरुलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथी तमू ह्यूल छोज धीँ का अध्यक्ष रेशम गुरुङले नगद, सम्मानपत्र, खादाका साथमा सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष रविन गुरुङको सभाध्यक्ष्तामा सम्पन्न भएको हो । 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 74 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 13 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *