केही मतिभ्रष्ट व्यक्तिले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कही व्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन सक्ने बताएका छन्। हिमालय टेलिभिजनमा प्रशारण भएको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले राष्ट्रपति भण्डारीलाई केही मतिभ्रष्ट व्यक्तिहरुले महाभियोग लगाउन सक्ने बताएका हुन्।

सरकारले आगामी फागुन २३ गते संसद बैठक बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ। राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीकाे उत्तराधिकारीजस्तै भएकाे प्रचण्ड नेपाल समूहले आरोप लगाउँदै आएकाे छ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले सरकारले सिफारिस गरेका काम कारबाहीबारे निर्वाध रुपमा सदर गर्नुपर्ने पनि बताए। उनले संविधानले राष्ट्रपतिलाई यही अधिकार दिएकाे जिकिर गरे। 

कार्यक्रममा सोधिएको नेपालको दोस्रो राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा चलिरहेको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने‚ ‘केही मतिभ्रष्ट व्यक्तिहरुले महाभियोग लगाउन सक्छन्।’

झण्डै डेढ घण्टाको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको आलोचना गरे।

उनले उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर राजनीतिक भाषण बाजी गर्नु नहुने तर्क थियो। त्यस्तै‚ माधवकुमार नेपालले लक्ष्मण खड्कासँगै राजदरबारमा प्रधानमन्त्री पदका लागि दरखास्त दिन झ्यालबाट बिन्तीपत्र छिराउन गएको पनि उनले आरोप लगाए।

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 41 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २८, सोमबार १९:५०
  • 17 views
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *