केही मतिभ्रष्ट व्यक्तिले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कही व्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन सक्ने बताएका छन्। हिमालय टेलिभिजनमा प्रशारण भएको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले राष्ट्रपति भण्डारीलाई केही मतिभ्रष्ट व्यक्तिहरुले महाभियोग लगाउन सक्ने बताएका हुन्।
सरकारले आगामी फागुन २३ गते संसद बैठक बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ। राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीकाे उत्तराधिकारीजस्तै भएकाे प्रचण्ड नेपाल समूहले आरोप लगाउँदै आएकाे छ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिले सरकारले सिफारिस गरेका काम कारबाहीबारे निर्वाध रुपमा सदर गर्नुपर्ने पनि बताए। उनले संविधानले राष्ट्रपतिलाई यही अधिकार दिएकाे जिकिर गरे।
कार्यक्रममा सोधिएको नेपालको दोस्रो राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा चलिरहेको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने‚ ‘केही मतिभ्रष्ट व्यक्तिहरुले महाभियोग लगाउन सक्छन्।’
झण्डै डेढ घण्टाको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको आलोचना गरे।
उनले उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर राजनीतिक भाषण बाजी गर्नु नहुने तर्क थियो। त्यस्तै‚ माधवकुमार नेपालले लक्ष्मण खड्कासँगै राजदरबारमा प्रधानमन्त्री पदका लागि दरखास्त दिन झ्यालबाट बिन्तीपत्र छिराउन गएको पनि उनले आरोप लगाए।

मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव