नेपाली महिला टोलीले जित्यो एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि तर पुरुषटोली भने उज्वेकिस्तानसँगै पराजित, भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो छैन : माधव नेपाल

एन सञ्चार, पौष १३ः
१. नेपाली महिला टोलीले जित्यो एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि तर पुरुषटोली भने उज्वेकिस्तानसँगै पराजित
नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधि जितेको हो ।
बङ्गलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्यो । यस्तै दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो ।
त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो । योसँगै खेल २–२ को अवस्थमा पुग्यो ।
त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेको हो । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयो ।
नेपाल गएको संस्करणको पनि विजेता हो ।
यता एभीसी सेन्ट्रल जोन भलिबल पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानसँगै पराजित भएको छ ।
आजै मङ्गलवार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग तीन–शून्यको सोझो सेटमा हारेको हो । उज्वेकिस्तानले नेपाललाई २५–१५, २५–१७, २५–२२ ले हराएको हो । यो हारसँगै नेपाल प्रतियोगितामा चौथो बनेको हो ।
दुई वर्षअघि नेपालमै भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपालले यस पटक पदकका लागि प्रतिस्पर्धा गरे पनि असफल भयो ।
२. थप २ सय ६४ जनामा कोरोना पुष्टि, २ सय ६० जना निको
पछिल्लो २४ घण्टामा देशभर दुई सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार पाँच सय ६६ नमुना परीक्षण गर्दा दुई सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय ६० जनासहित अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार दुई सय ६५ पुगेको छ । २४ घण्टामा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८८ पुगेको छ । नेपालमा अहिले चार हजार नौ सय १० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड दुई लाख २९ हजार एक सय ४४ पुगेको छ । एक करोड ३७ लाख ९४ हजार चार सय १७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
३. ‘पेस्तोल बिक्री’ गर्न नेपाल आएका दुई भारतीय सुनसरीबाट पक्राउ
सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी।एस। होटलबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । उनीहरूको साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र चार थान म्यागजिन बरामद गरेको छ ।
बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको बताएको छ । ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले सुराकीका आधारमा होटलमा छापा पार्दा हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेको बताउनुभयो । सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरू पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशङ्का सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीको प्रक्रिया अघि बढाइएको बताएको छ ।
४. नक्कली कर्मचारी देखाएर तीन करोड अनियमितता भएको भन्दै प्राइम लाइफसँग स्पष्टीकरण
प्राइम लाइफ इन्स्योरेन्सले नक्कली कर्मचारी देखाएर तीन करोडभन्दा बढी अपचलन भएको भन्दै बिमा समितिले सातदिने स्पष्टीकरण सोधेको छ ।
वैदेशिक रोजगारी म्यादी बिमालेख अन्तर्गत म्यानपावरमा कार्यरत २९ जनालाई कर्मचारी बनाएर तलब निकासा भएको खुल्न आएको भन्दै बिमा समितिले कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण माग गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४र०७५ र आर्थिक वर्ष २०७५र०७६ मा कर्मचारी नियुक्त गरेको भने पनि समितिको स्थलगत अनुगमनमा उक्त कुरा नखुलेको भन्दै समितिले कम्पनीलाई किन कारवाही नगर्ने भन्दै स्पस्टीकरण माग गरेको छ ।
कम्पनीले कानुनी छिद्रको फाइदा उठाउँदै व्यवसाय बढाउन गैरकानुनी बाटो समाएकोले कम्पनीलाई किन त्यस्तो कार्य गरेको भन्दै बिमा ऐनअनुसार कारवाही गर्न स्पष्टीकरण सोधेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् ।
“कम्पनीले नक्कली कर्मचारीभन्दा पनि म्यानपावरको एजेन्टलाई कर्मचारी बनाएर तलब खुवाएको रहेछ,” अध्यक्ष सिलवालले भने, “कम्पनीले व्यवसाय बढाउन कानुनी छिद्र प्रयोग गरेको देखिन्छ । कम्पनीले किन त्यसरी कर्मचारी राख्यो कारवाहीको लागि स्पष्टीकरण सोधिएको हो ।”
५. डेढ वर्षपछि लाइसेन्स छाप्न सुरु, तीन महिनामा ७ लाख चालकले पाउने
आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु भएको छ । स्मार्ट कार्डको अभावमा डेढ वर्षदेखि बन्द रहेको लाइसेन्स छपाइ पुनस् सुरु भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दैनिक १० हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जानकारी दिए । उनकाअनुसार नवीकरण गर्ने सेवाग्राहीहरूलाई १० दिनमै लाइसेन्स उपलब्ध गराइनेछ ।
‘‘पहिलो चरणमा पुराना सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराइनेछ । दोस्रो चरणमा अन्य सेवाग्राहीलाई प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइनेछ,” महानिर्देशक घिमिरेले भने, ‘‘लाइसेन्स छाप्नको लागि स्मार्टकार्ड र प्रिन्टिङ मेसिन चाहिन्छ । विभागमा यी साधनको अभाव छैन । पहिला स्मार्टकार्डको अभावमा समस्या आएको थियो । अब वितरणमा समस्या आउँदैन ।”
विभागले लाइसेन्स यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमै छापेर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइने जनाएको छ । सुरुमा काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सेवाग्राहीहरूलाई लाइसेन्स वितरण थालिने छ ।उपत्यका बाहिरका यातायात कार्यालयहरूमा वितरण गर्न केही समय लाग्ने जनाइएको छ ।
विभागले लाइसेन्स छापेर देशभरका २१ वटा यातायात कार्यालयहरूमा पठाएर सजिलै वितरण गर्ने जनाएको छ । त्यसपछि यातायात कार्यालयहरूले सम्बन्धित सवारी धनीलाई वितरण गर्नेछन् ।
ट्रायल परीक्षा पास गरेका सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयले जारी गरेको सूचनाका आधारमा सम्पर्क गरी लाइसेन्स लिन पाउनेछन् ।
विभागले खरिद गरेको १४ लाख स्मार्टकार्ड मंसिर ८ गते बुधबार नेपाल आएको थियो । त्यसपछि स्मार्टकार्डको स्याम्पल टेस्ट गर्न कार्ड फ्रान्स पठाएको थियो । उक्त स्याम्पल टेस्टको रिजल्ट आएपछि छपाइ थालिएको हो ।
६. दुर्घटनाको विषयमा झडप भएपछि सर्लाहीमा निषेधाज्ञा जारी
सवारी दुर्घटनाको विषयलाई लिएर सर्लाहीमा तनाव बढेसँगै निषेधाज्ञा जारी गरिएको छ । मंगलवार दिउँसो ३ बजेदेखि बुधवार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय केशरगञ्ज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४, सागरनाथ टोलसम्म र पश्चिममा ईश्वपुर–८ रामपुर टोलसम्म निषेध आदेश जारी गरिएको छ ।
त्यस्तै इप्रका केशरगञ्जबाट उत्तर ईश्वरपुर–५, सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा जारी गर्दै प्रशासनले ती स्थानहरूमा भेला हुन, बाहिर हिँडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाएको छ ।
सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले सोमवार प्रहरीको जीपमा समेत आगजनी गरेको थियो ।
सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतवार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।
७. भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो छैन : माधव नेपाल
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो नरहेको बताएका छन् ।
मंगलवार सिंहदरवारमा भएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो नरहेको बताए ।
उनले विमानस्थल डिजाइनर, कम्पनी, इन्जिनीयर र डिजाइन स्वीकार गर्ने पदाधिकारीको नाम समेत उपलब्ध गराउन आग्रह गरे । सदस्य नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटिहरू भएको भन्दै सुधार्न प्रयास गर्नुपर्ने बताए ।
उनले निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनुपर्छ भनेको धेरै वर्ष भइसकेकाले हालसम्म कसले बनाउन रोक्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए ।
सदस्य नेपालले भने, ‘भैरहवा विमानस्थलको टर्मिनल जुन बनेको छ, त्यो चित्त बुझ्दो छैन । अनि जो जुन भवनको डिजाइन तयार भयो, त्यो डिजाइनर को हो रु त्यसको नाम चाहियो । कम्पनी, इन्जिनीयर रु त्यसलाई स्वीकार गर्ने पदाधिकारी को हुन् । त्यो नाम चाहियो । मन्त्री को थिए रु प्रधानमन्त्री को थिए रु त्यो पनि चाहियो । अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटिहरू भएका छन्, त्यो सुधार्ने काम होस् । निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनुपर्छ भनेको धेरै वर्ष भइसक्यो, यो ढिला गर्ने मान्छे को–को हुन् रु किन ढिला गर्न खोजेको रु यो राज्यको गम्भीर चिन्त र चासोको विषय भइरहेको छ । कसले रोकेको छ रु मैले स्मार्ट सिटी पनि त्यहाँ जोडिएको छ भन्ने सुनेँ, स्मार्ट सिटीसँग विमानस्थल जोडिँदैन, कामै रोकिदिने अर्को डिजाइन भनेर रु के हो यो ?’
बैठकमा समितिकी सदस्य पुष्पा भुसालले साधारण जनताहरूले पनि प्लेनमा चढ्न पाउनुपर्ने अवसरको महसूस भएकाले चाँडै काम भइरहेको विमानस्थलको काम सकेर सञ्चालनमा ल्याइनुपर्ने बताइन् । उनले लुम्बिनी विमानस्थलमा सञ्चालनको काम पर्यटन मन्त्रालयबाट नै केही कारण रोकिएको सूचना पाएकाले आफ्नो सरकार रहँदै सञ्चालन गर्नुपर्ने बताइन् ।
सदस्य भुसालले भनिन्, ‘साधारण जनताहरू पनि प्लेनमा चढ्न पाउनुपर्ने अवसरको खाँचो हामीले महसूस गरेका छौं । त्यसतर्फ व्यवस्थापन गर्न आवश्यक छ । हामीले लुम्बिनी विमानस्थलमा काम लगभग अघि बढिसकेको, स्ट्रक्चर तयार भइसकेको, हामीले सुन्दै गर्दा पर्यटन मन्त्रालयबाट नै केही फाइलहरू अघि बढाउनुपर्ने, यति धेरै महंगो इक्वीपमेण्टहरू, स्ट्रक्चरहरू तयार भइसकेको अवस्थामा त्यसलाई हाम्रै कार्यकालमा छिटोभन्दा छिटो सञ्चालन गरेर अघि बढ्नुपर्छ ।’
समितिका सदस्य मोहन बानियाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पुनः सर्वे डिजाइन र डीपीआर गर्ने भन्ने आएकोमा खेद प्रकट गरे । उनले करीब ९५ प्रतिशत काम भइसकेको अवस्थामा यस्तो कुरा गर्नु लापरबाही भएको बताए ।
सदस्य बानियाँले भने, ‘वास्तवमा यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा फेसिबेलिटी सर्वे, प्राइमरी सर्वे गर्दा र डिटेल सर्वे गर्दा हामीले ध्यान पुर्याउन सकेनौं । अहिले महसूस भएको छ । ४० मिटर डाँडा काट्नुपर्छ, त्यसको पुनः सर्वे डिजाइन र डीपीआर गर्ने भन्ने कुरा आएको छ, करीब ९५ प्रतिशत काम भइसकेको छ, अब त्यसको प्रोजेक्टको अन्तिम समयमा आएर यो कुरा गर्नु लापरवाही नै हो । फेरि केको चलखेल हो रु त्यो डाँडा नकाटी पनि प्लेन ल्याण्ड गर्नसक्छ ।’
८. प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्दै
शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो ।
विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ ।
९. यु–१९ एसिया कपमा नेपाल जित विहीन
कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ।
यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो। ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेतले नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझायो।
कुवेती कप्तान मित भावसरले अविजित शतकसहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो। उनले २४ चौका र १ छक्का हिर्काएका थिए।
यस्तै जुड सालदान्हाले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कुवेतका दुई खेलाडी शून्य रनमा आउट भएका थिए ।
नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए। यस्तै शेर मल्ल, वासिर अहमद र विवेक यादवले समान २ विकेट लिए।
यस अघि दुबईमा वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रनको योगफल खडा गरेको हो।
वासिरले ६१ बल खेल्दै सात चौका र एक छक्का मद्दतमा ५६ रन प्रहार गर्दा विकेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रन जोडे । त्यस्तै मोहम्मद आदिल अलामले ४९ रनको योगदान गरे।
कुवेतका अब्दुल सादिकले तीन, हेनरी थोमस र मोहम्मद बासताकिले समान दुई विकेट लिए।
समूह ‘बी’ मा यस अघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिसकेको थियो।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै