पश्चिम नेपालमा ‘पुसे १५’, गुरुङ समुदायमा ‘तमु ल्हाेसार’ : आज सार्वजनिक बिदा

एन सञ्चार, पुष १५ः गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ।
जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ। सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाे छ।
याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन्।
१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ। यसपछिका रात घट्दै जाने गर्छ। तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
पश्चिम नेपालमा पुसे १५
वर्षकाे सबैभन्दा लामाे रात मानिने १५ पुसलाई पश्चिम नेपालकाे पहाडी जिल्लामा पुसे १५ का रुपमा मनाइन्छ। याे पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ। यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ।
१५ पुसकाे रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ।
१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ। टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ। पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै