आजदेखि माैसममा सुधार आउने, तर केही ठाउँमा हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै
एन सञ्चार, पुष १५ः
आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ। गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे। आजबाट क्रमश: याे प्रणालीकाे असर हट्दै जाने र दिउँसाे घाम लाग्ने आँकलन महाशाखाका माैसमविद्ले गरेका हुन्।
यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहान देशभर आंशिक छ भने थोरै स्थानमा वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी