कावासोतीमा डाइभर्सन भत्किएर अबरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेन
ज्ञानु पंगेनी ,पुस १५ : कावासोतीमा डाइभर्सन भत्किएर बुधबार बिहानदेखी अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन् ।
कावासोतीको खरकटट जंगलमा बनाईएको नयाँ डाइभर्सन वर्षाले भत्किएर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको २४ घण्टाभन्दा पनि बढि समय बितिसकेको छ । हिलोका कारण सवारी फसेपछि झनै समस्या भएको छ ।
अबरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको काम भईरहे पनि वर्षाले माटो भिजेर हिलो हुँदा निकै समस्या भईरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । वर्षा रोकिएमा डाइभर्सन मर्मत् गरेर छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाई छ । फेरी वर्षा भएमा सञ्चालनमा आउन अझै समय लाग्ने उहाँले बताउनुभयो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ – बुटवल सडक खण्डमा सडक बिस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक अबरुद्ध हुँदै आएको छ । धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने , बिग्रने गर्दा यात्रुले सास्ति भोग्दै आएका छन् ।
कावासोतीमा सडक अबरुद्ध भएपछि साना सवारी तथा बसहरु कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठूला तथा मालवाहक सवारी सडकमा रोकिएका छन् । अहिले पनि कावासोती र प्रगतीनगर क्षेत्रमा सवारीको लामो लाईन लागेको छ । यसैबिच कावासोती प्रगतिनगर रोड ब्लक भयपछी कावासोती १२ र १३ जोड्ने भित्रि सडकमा ठुला सवारी साधनहरुको अत्याधिक चाप बढेपछी सडक को अवस्था जिर्ण हुने गरेको छ । यस्मा स्थानिय सरकारको ध्यान जानू जरुरी रहेपछी बैकल्पिक सडकको रुपमा प्रयोग गर्ने तर मर्मत सम्भार मा ध्यान नदिदा स्थानिय हरु सास्ती खेप्न बाध्य छन । आखिर यो बिषयमा ध्यान जाने कहिले ?