माओवादी महाधिवेशन : समूह टोलीको प्रस्तुति सकियो, भोलि प्रचण्डले जवाफ दिने

एन सञ्चार, १५ पुषः नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका छन्।
बिहीबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम छ।
आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै