काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु, केहीबेरमा घाम लाग्ने

एन सञ्चार, पुष १७ः काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन ।
केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार भोलिदेखि केही दिन मौसम घमाइलो हुनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने उहाँले बताउनुभयो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा भने हल्का हिमपातको सम्भावना छ । हिमपातका कारण अधिकतम तापक्रम घट्दा चिसो बढेको छ ।
केहीदिन निरन्तर घाम लागे पनि बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै