प्रगतिनगर खानेपानी अध्यक्ष–सचिवमा दोहोरिए दुई भुसाल

नवलपुर, पुस २० । देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष खिमानन्द भुसाल पुन निर्वाचित भएका छन् ।
नेकपा एमालेको एकल प्यानलबाट उमेदवार बनेका भुसालले सत्ता पक्षीय गठबन्धन नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उमेदवार नारायणप्रसाद पौडेललाई पराजित गर्दै प्रगतिनगर खानेपानीमा पुन अध्यक्ष भएका हुन् ।
खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा भुसालले पौडेललाई ५ सय ५९ मतअन्तरले पराजित गरे ।
भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गरेका थिए । खिमानन्द भुसालले सबैभन्दा बढी लोकप्रिय मत समेत प्राप्त गरे ।
त्यसैगरी यसैगरी सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणी भुसालले जित हात पारेका छन् ।
इन्द्रमणी भुसाललेले कुल १ हजार ६ सय ९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका एकल उमेदवार सूर्यप्रसाद दवाढीलाई २१ मतान्तरले हराए । सचिवका उम्मेदवार दवाडीले १ हजार ६ सय ७८ मत ल्याए ।
खिमानन्द भुसाल यस अघि खानेपानीका अध्यक्ष नै थिए भने इन्द्रमणि भुसाल पनि पुन सचिवमा विजयी भएका हुन् ।
त्यसैगरी लेखा समिती संयोजकमा नेकपा एमालेका एकल उमेदवार रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी भएका छन् भने उनका निकटतम लिलाधर अधिकारी १ हजार ५ सय ५३ मत ल्याए ।
लेखा महिला सदस्य पदमा महिला तर्फ गीताकुमारी रिजाल न्यौपाने र खुला तर्फ शिवलाल पराजुली बिजयी भएका छन् । दुवै जना एमालेका एकल प्यानलका उमेदवार हुन् ।
गीताकुमारी रिजाल न्यौपाने ले १ हजार ७ सय ६८ मत ल्याउँदा अर्का उम्मेदवार सरस्वती चापागाईंले १ हजार ५ सय ९५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी शिवलाल पराजुलीले १ हजार ७ सय ७ मत प्राप्त गर्दा शंकरबहादुर नेपालीले १ हजार ६ सय मत प्राप्त गरे ।
यसैगरी खानेपानी संस्थाको ब्लक नं १ बाट लक्ष्मी तिवारी सदस्यमा विजयी भएका छन् । उनी सत्ता खगबन्धनका उमेदवार हुन् । लक्ष्मी तिवारीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटम् प्रतिद्वन्दी सीतादेवी पान्डेले २ सय २१ मत प्राप्त गरे ।
त्यसैगरी ब्लक २ बाट सदस्यमा एमालेका एकल उमेदवार टोपबहादुर न्यौपानेले २ सय ७८ मत प्राप्त गरी जित हात पर्दा रमा भट्ट दवाडीले जम्मा ६९ मत प्राप्त गरे ।
त्यसैगरी ब्लक नं. ३ बाट सदस्यमा एमालेका एकल प्यानलका उमेदवार चन्द्रकान्त भुसाल (१९५)लाई हराउँदै सत्ता गठबन्धनका नन्दुलाल धिताल (३२९) विजयी भएका छन् ।
ब्लक ४ मा एमालेका एकल प्यानलका उमेदवार दीना पराजुली (२२९ प्राप्त मत)ले दुर्गाकुमारी रेग्मी (१९८) लाई हराउँदै सदस्यमा विजय भए भने ब्लक मं ५ मा सागर भण्डारी (९५) लाई हराउँदै एमालेका गुणा भण्डारी (१५४) सदस्यमा विजयी भएका छन् ।
ब्लक ६ मा भने लिलाबल्लभ भुसाल (७१) लाई हराउँदै संयुक्त गठबन्धनका ओमप्रसाद सारु (१६३) मत ल्याएर सदस्यमा बिजयी भए ।
त्यसैगरी ब्लक नं ७, ८ र ९ मा एमाले एकल प्यानलका उमेदवारहरु सदस्यमा विजयी भएका छन् ।
७ बाट दुर्गादेवी विष्ट (१९६), ८ बाट कृष्णकुमार श्रेष्ठ (१९७) र ९ बाट जसबिर पुलामी (१७०) सदस्यमा विजयी भएको हो । संयुक्त गठबन्धनका उमेदवारहरुले ७ बाट कृष्णा ढकालले १ सय ८५, ८ बाट रामबहादुर गुरुङले १ सय ५६ र ९ बाट जसबहादुर लुंगेलीले १ सय ३६ मत प्राप्त गरेका थिए ।
सोमबार मतगणना शुरु भएको भए पनि मंगलबार विहान मात्र अन्तिम मतपरिणाम आएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै