१५ कर्मचारीमा काेराेना संक्रमण भएपछि कावासाेतीकाे नापी कार्यालय बन्द

नवलपुर — नापी कार्यालय कावासोतीका १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ ७ गतेसम्म कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवाबाहेकका सबै काम शुक्रबारबाट माघ ७ गतेसम्म बन्द रहने कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बताए ।अधिकृत गौतमले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा एक सातासम्मका लागि बन्द रहने जानकारी गराएका हुन् ।
१५ जनालाई एकै पटक कोरोना संक्रमण देखिएकाले कार्यालय सञ्चालन हुन नसक्ने जानकारी दिँदै गौतमले संक्रामक रोग नियन्त्रण ऐनअनुसार कार्यालयको नियमित सेवा बन्द गरिएको जानकारी दिए । अदालतको आदेश र अत्यावश्यक अंश मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको उनले सुनाए ।
कार्यालयका कर्मचारीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला अस्पतालमा जचाउँदा जम्मा २७ कर्मचारीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै