एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

स्कार्पियो त्रिशूली नदी किनारमा खस्दा सात जना घाइते

भरतपुर । इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तीन नम्बर पुलबाट शुक्रबार बेलुकी ५ः ३० बजे नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा १३च ४३६५ नम्बरको स्कार्पियो पल्टिँदा सात जना घाइते भएका छन् ।

स्कार्पियो अनियन्त्रित भई नारारायणगढ मुग्लिङ सडक खण्डको सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कार्पियोका चालकसहित सात जना घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको जनाएको छ ।


© 2022 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd