नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई काेराेना खोप दिन सिफारिस

एन सञ्चार, १ माघः एजेन्सी ।। नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाइने भएको छ ।
सरकारी अधिकारीले नै यो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेका हुन्।
नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइँदै आएको अधिकारीले जानकारी दिएका छन् । त्यहाँका स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलकाअनुसार सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन ।
निश्चित समूहका बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले दीर्घरोगी र जटिल स्वास्थ्य समस्या भएका अभिभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका देशमा जाने बालबालिकालाई खोप नलगाउन सुझाव दिइएको बताउनु भएको छ ।
नर्वेका धेरैजसो नागरिकले खोपको दुवै मात्रा लगाइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै