देवचुलीमा राजयोग शिविर मंगलबार देखि सुरु

देवचुली, माधब सुवेदी

चैते दशैको अवसरमा ३ दिने राजयोग शिविर मंगलबार देखि रजहरमा सुरु भएको छ । खुशियाली जिवन एवम् स्वस्थ राष्ट्रको लागि राजयोग भन्ने मुल नाराका साथ देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा शिविर संचालन गरिएको हो । कार्यक्रममा राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक घलेले ३ दिनको कार्यक्रममा जीवनमा आइपर्ने घटनाहरुको रहस्य, परमात्मा को हुनुहुन्छ र उहाँसंग मेरो के नाता छ ?, परमात्मा, शक्ति एवम वरदान प्राप्त गर्ने विधि, आपसी सम्बन्धमा सुमधुरता, शान्ति एवम खुसिको अनुभूति गर्ने विधि लगाएतका विषयहरुको बारेमा जानकारी दिने बताउनुभयो । कार्यक्रमको पहिलो दिन जिवनमा आइपर्ने घटनाहरुको रहस्यको बारेमा प्रष्ट पार्नुभएको थियो । पैसा भन्दा पनि सबैभन्दा ठुलो कुरा खुसी रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी संचालक सरस्वती घिमिरेले बताउनुभयो । उहाँले आफनो जिवनलाई कसरी सुख शान्ति भर्न सकिन्छ, दुनीयामा रहेर पनि जीवनमा खुसि र शान्तिले भरिपुर भएर, जिवनलाई एउटा कुसहाल गरेर बाच्ने कला ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रजहरले दिने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले पहिलो दिनको कार्यक्रमले सम्पुर्ण व्यक्तिहरुको मनमा आफुले सकरात्मक रोच कसरी गर्न सकिन्छ भन्ने कुरालाई भोलीबाटै महसुश गर्नुहुनेछ भन्दै शरिर मरेपनि आत्मा कहिलै मर्दैन भने झै धन सम्पत्ति भन्दा ठुलो कुरा खुसि जिवन जिउनु नै हो भन्ने कुरालाई प्रष्ट पार्नुभएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 62 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    • २०८१ माघ १७, बिहीबार २१:२२
    • 55 views
    १ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार

    १७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *